ज्यान जोखिममा राखी कोरोना संक्रमितलाई सहयोग गर्दै समाजसेवी प्रकाश

डम्बर निदाल
डडेल्धुरा – प्रकाश साउँद जो समाजका लागी साच्चिकै प्रकाशका रुपमा परिचित भएका छन् । समाजमा कुनै समस्या आईपर्दा उनि सहयोग गर्न कहिल्यै पछि हटेनन् जहिले पनि समाजका हितका लागी अगाडी बढे र आफुलाई समाजसेवीका रुपमा चिनाउन सफल भए ।

जिल्ला सदरमुकाममा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा झोलामा गुर्जो सहित कोरोना संक्रमित लाई आवश्यक सामग्री बोक्नु स्थानिय प्रकाश साउँदको आज भोलि दैनिकि नै बनेको छ ।

संक्रमित लाई आवश्यक उपचारका सामाग्री पुगाउदै उनि उपचारमा सहयोगी बनेका सामाजिक अभियन्ता साउँद पिपिई लगाई कोरोना संक्रमित रहेकै स्थानमा गई उनिहरुलाई आवश्यक सामग्री सम्म पु¥याउन थालेका छन । आईसियु नभएको डडेल्धुरा अस्पतालमा श्वासप्रश्वासमा समस्या देखिएका बिरामीलाई सेती प्रादेशिक अस्पताल धनगढी लैजान पनि सहयोग गरि रहेका साउँद करिव एक साता यता घर समेत छोडेर दैनिक बिहानि कोरोना संक्रमित संगको भेटसँगै दिनको अभियानमा जुटन गरेका छन ।

स्थानिय, प्रदेश र संघीय सरकारले होम आईसोलेसनमा बसेकाहरुका बारेमा जानकारी सम्म लिन नसकिरहेको र स्वास्थ्यकर्मीले समेत उपचार गर्न डराईरहेका बेला साउँद भने कोरोना संक्रमितसंगै वसेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिई उनलाई बोकेर अस्पताल सम्म पुगाउन थालेका छन् ।

कोरोना संक्रमतिलाई हौसला दिदै कोरोना भाईरसको महामारी वाट विश्वनै समस्यामा परेका नागरिकलाई बचाउन आफ्नो ज्यान जोखिममा राखेर कोरोना भाईरस संक्रमितको स्वास्थ्य उपचारमा सघाउन पाउँदा आफूलाई खुशी लागेको उनि बताउँछन ।
अस्पतालको आईसोलेसन भन्दा पनि घरको आईसोलेसनमा बसेकाहरु बढी जोखिममा रहेका छन । होम आईसोलेसनमा बसेकाहरुलाई भेट्ने र उनको स्वास्थ्यको अवस्थाका बारेमा जानकारी लिने गरेको अभियन्ता साउँदको भनाई छ ।
कोरोना भाईरसको महामारी वाट विश्वनै समस्यामा परेका कारण सरकारको मुख ताक्नु भन्दा पनि एक अर्काले सहयोगको भावना लिएर काम गर्नुपर्ने साउँद बताउछन ।

सरकारी उदासिनता देखिएको संकटको समयमा व्यक्तिबाट यसरी थप हौसला मिलेकोमा कोरोना संक्रमित पनि खुशी मात्र भएका छैनन आफ्नो ज्यान जोखिममा राखेर मानवता देखाउने प्रकाश साउँद प्रेरणाका श्रोत रहेको परिवारजनको भनाई छ ।

सिफारिस

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

धेरै पढिएको