काठमाडौं – काठमाडौं उपत्यकामा थप १६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका १३३८ जना, भक्तपुरका ९७ जना र ललितपुरका १८० जनामा कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा ९७६९ जनाको पिसिआर परीक्षण गरिएको छ।
यस्तै काठमाडौँ उपत्यकामा हिजोपनि ८४३ जनामा कोरोना संक्रमण भएको थियो। काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।
यस्तै नेपालमा थप २३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १६४७१८ पुगेको छ।