आईपीएलमा आज पञ्जाव र राजस्थान भिड्दै

युएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज किङ्स इलाभेन पन्जाब र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।

प्ले अफ दौडमा रहेका पन्जाब र राजस्थान दुबैलाई जित्नै पर्ने दबाब छ । खेल आबुधाबीमा खेल्नेछ । पन्जाब र राजस्थानबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा पन्जाब सातौँ जितको खोजीमा हुनेछ । पन्जाब १२ खेलमा १२ अंक जोड्दै तालिकाको चौंथो स्थानमा रहेको छ ।

केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाब राजस्थानलाई हराएर प्ले अफ यात्रा बलियो बनाउन चाहन्छ । पछिल्लो खेलमा पन्जाबले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

यस्तै पन्जाब राजस्थानसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । यसअघिको भेटमा पन्जाबलाई राजस्थानले ४ विकेटले हराएको थियो ।

स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थानलाई भने पन्जाबविरुद्धको खेल महत्वपूर्ण रहेको छ ।

प्ले अफको सम्भावना कायम राख्न पनि राजस्थानलाई जितको विकल्प छैन । १२ खेलमा १० अंक जोडेको राजस्थान सातौं स्थानमा रहेको छ ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको