मेलम्चीको पानी उपत्यकाबासीले खान अझै डेढ वर्ष कुर्नुपर्ने

काठमाडौँ – सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक नाघ्यो । काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ ।

गत जेठ ६ गते मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको आवश्यक निर्माण कार्य गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएपछि आयोजनाले निर्माणको बाँकी काम गर्न गएको जेठ १७ गते बोलपत्र गरेको छ । सुरुङ निर्माणका लागि दुई र हेडबक्स निर्माणका लागि दुईवटा कम्पनीले बोलपत्र दर्ता गराएका थिए ।

तीमध्ये एउटा चिनियाँ कम्पनीको बोलपत्र छ । सबै बोलपत्रको प्राविधिक मूल्याङ्कन गरी स्वीकृतिका लागि एसियाली विकास बैङ्क (एडीबी)मा पठाइएको जानकारी समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले दिनुभयो । एडीबी आयोजनाको प्रमुख लगानीकर्ता हो ।

कार्यकारी निर्देशक कँडेल भन्छन्, “बोलपत्रको प्राविधिक मूल्याङ्कन गरी एडीबीमा पठाएका छौँ, दुई–तीन हप्तामा सम्झौता हुनसक्छ, आउने २०७७ असार मसान्तसम्म अधिकांश काम सक्ने योजना छ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

सिफारिस

बेलायतको अल्डरसटमा नेपाली कलाकारले खोले सुनचाँदी शोरुम

काठमाडौं - बेलायतको अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामक सुनचादीको नयाँ शोरुम खुलेको छ । पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबास गर्न थालेका गायक...

भृकुटीमण्डपमा आजदेखि सुरू पस्मिना प्रदर्शनीमा जे देखियो (तस्वीरहरू)

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा आजबाट पस्मिना प्रदर्शनी सुरू भएको छ। माघ १२ गतेसम्म चल्ने मेलामा स्वदेशी उत्पादन र सेवाका साथै...

महालक्ष्मी बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण

काठमाण्डौं- विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले आयोजना गरेको “महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २” को विजेतालाई पुरस्कार वितरण गरिएको छ । काठमाण्डौं,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भृकुटीमण्डपमा आजदेखि सुरू पस्मिना प्रदर्शनीमा जे देखियो (तस्वीरहरू)

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा...

महालक्ष्मी बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण

काठमाण्डौं- विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले आयोजना...

अमेरिका भ्रमणमा रहेका सांसद एकनाथद्वारा संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष याङसंग भेट

न्यूयोर्क - मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु...

कहाँ गए १५ जना प्रहरी ? ७ दिनभित्र हाजिर हुन निर्देशन

नेपाल प्रहरीको एकजना हवलदारसहित १५ जना प्रहरी कर्मचारी २...

बढुवा भएका प्रहरीका २५ एसएसपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौँ - नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक...

Oral hygiene and tooth brushing

"We should brush our teeth every day!"—I believe this...

धेरै पढिएको