काठमाडौं – काठमाडौं उपत्यकामा थप १६३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका १३२९ जना, भक्तपुरका १०८ जना र ललितपुरका १९३ जनामा कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा १३४४६ जनाको पिसिआर परिक्षण गरिएको छ।
यस्तै काठमाडौँ उपत्यकामा हिजोपनि १६२२ जनामा कोरोना संक्रमण भएको थियो। काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।
यस्तै नेपालमा थप २९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १७६५०० पुगेको छ।
