तिहारमा देउसी भैलो खेल्न नपाइने

नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसीभैलो नखेल्न भनेको हो ।

प्रशासनले सक्रिय सङ्क्रमित बढी भएर समुदायमा फैलिएको केही वडामा बन्दाबन्दी गर्ने, तिहारका अवसरमा खेलिने देउसीभैलोमा पूर्ण रोक लगाउने तथा अत्यावश्यक काममा बाहेक घरबाहिर नआउन आग्रह गरेको छ ।

कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ वडा सोमबार मध्यरातदेखि लागू हुने गरी एक साताका लागि बन्द गरिने भएको छ भने देउसीभैलो खेल्दा भिडभाड हुने भएकाले जिल्लाभर देउसीभैलो खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए।

“सोमबार बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चार वडामा अत्यावश्यक बाहेकका सेवा, बजार र यातायात बन्द गर्ने र जिल्लाभर देउसीभैलो खेल्न नपाउने निर्णय गरेको छ”, प्रजिअ न्यौपानले भने, “समुदायमा कोरोना फैलिएको क्षेत्रमा बन्दाबन्दी र अन्य स्थानमा भिडभाड बढी हुन सक्ने भन्दै देउसीभैलो खेल्न रोक लगाइएको हो ।”रासस

सिफारिस

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामम्धे तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं - लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा...

धेरै पढिएको