काठमाडौं – नेपाली बजारमा अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज मंगलबार पुनः बढेको छ ।
हिजो सोमबारको तुलनामा आज तोलामा चार सय रुपैयाँले सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबारका लागि छापावाल सुन तोलाको ९५ हजार ४ सय तोकेको छ । हिजो तोलाको ९५ हजार रुपैयाँ थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले नै बढेर ९४ हजार ९ सय पुगेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि निरन्तर बढेर तोलाको १२ सय १० पुगेको छ ।