अमेरिकामा राष्ट्रपति चुन्नका लागि मंगलबार मतदान सम्पन्न भएकाे छ। बीबीसीले केही बेरअघि दिएको खबरअनुसार कतिपय ठाउँका नतिजा आउनसमेत सुरू भइसकेकाे छ।
सबैभन्दा पहिले इस्ट कोस्ट क्षेत्रमा मतदान सम्पन्न भएको र पश्चिमतर्फका थुप्रै राज्यमा ढिलासम्म मतदान भएको बीबीसीले जनाएकाे छ।
आगामी ४ वर्ष अमेरिकाको राष्ट्रपति बन्न वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेन प्रतिस्पर्धामा छन्।
उनीहरुबीच कडा टक्कर पर्ने अनुमान गरिएकाे छ।
