अस्ट्रेलियन अलराउन्डर शेन वाट्सनले लिए सबैखाले क्रिकेटबाट संन्यास

चेन्नई सुपर किंग्सका अलराउन्डर अस्ट्रेलियन शेन वाट्सनले सबैखाले क्रिकेटबाट संन्यास लिएका छन् । उनले यसको औपचारिक घोषणा मंगलबार गरेका हुन् ।

भिडियो जारी गर्दै ३९ वर्षीय वाट्सनले भनेका छन्, ‘आफ्नो खेलजीवनको अन्तिम अध्याय लेख्न निकै गाह्रो हुँदोरहेछ, तर म आँट गर्दै छु । मैले स्वप्निल खेलजीवन बाँच्न पाएँ र यसका लागि सबैप्रति म कृतज्ञ छु ।’ वाट्सनले यसको जानकारी आफ्नो टिमलाई यसअघि नै दिइसकेका थिए ।

चेन्नईले किंग्स इलेभेन पन्जाबमाथि आईपीएलमा प्राप्त गरेको जितपछि वाट्सनले साथीहरूमाझ यसबारे जानकारी दिएका हुन् । वाट्सनले भिडियोमा भनेका छन्, ‘मैले सानोमै क्रिकेट खेल्न सपना बुनेको थिएँ र एकदिन आमालाई पनि भनेको थिएँ, मैले कुनै बेला अस्ट्रेलियाबाट खेल्ने छु भनेर । अहिले म औपचारिक रूपमै सबै क्रिकेटबाट संन्यास लिएको घोषणा गर्छु । मैले खेलाडी जीवनका रूपमा जे जति उपलब्धि हात पारें, त्यसलाई सपना पूरा भएकै अर्थमा लिएको छु ।’

वाट्सनले आफ्नी आमालाई क्रिकेट खेल्छु भन्दा उनी अस्ट्रेलियाको टेस्ट क्रिकेट हेरिरहेका थिए र त्यति बेला उनी ५ वर्षका मात्र थिए । उनले भनेका छन्, ‘अहिले म ३९ वर्षको भएँ र खेलाडी जीवनमा मैले पूर्णविराम लगाउँदै छु । मैले लामो यात्रा तय गरेको छु र यसबीच धेरै उतारचढाव अनि उत्तिकै चोट बेहोरेको छु । यसैले यहाँसम्म पुग्नुमा पनि म भाग्यमानी नै मान्छु ।’ चेन्नईले दुई वर्षअगाडि वाट्सनलाई अनुबन्ध गरेको थियो ।

त्यसअघि सन् २०१५ मै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका थिए । सन् २०१८ मा चेन्नईले तेस्रोपल्ट आईपीएलको उपाधि जित्दा उनले महत्त्वपूर्ण भूमिका खेलेको थिएँ र त्यसक्रममा फाइनलमा निर्णायक शतकसमेत प्रहार गरेका थिए । उनले चेन्नईबाहेक अन्य टिमका लागि पनि खेले । कुल १ सय ४५ आईपीएल खेलमा ३ हजार ८ सय ७४ रन बनाए भने ९२ विकेट लिए । चेन्नई आउनुअगाडि उनले राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोरबाट खेले ।

राजस्थानले सन् २००८ मा एकैपल्ट आईपीएल उपाधि जित्दा वाट्सन टिमका प्रमुख खेलाडी थिए । उनले अस्ट्रेलियाका लागि ५९ टेस्ट, १ सय ९० एकदिवसीय र ५८ ट्वान्टी–२० खेल खेले ।

अस्ट्रेलियाका लागि दुईपल्ट सन् २००७ र २०१५ मा आईसीसी विश्वकप जिते । आधुनिक समयको क्रिकेटमा उनलाई एक सफल अलराउन्डर मानिन्छ ।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको