डम्बर निदाल
डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउँपालिकाले स्वास्थ्य संस्थाहरुमा सुपथ मुल्य फार्मेसी संचालन गरिरहेको छ । ग्रामिण वस्तिमा नै सर्वसाधारणलाई सबै औषधी सहजै रुपमा उपलब्ध गराउन फार्मेसी संचालन गरेको हो । सबै गाउँपालिकावासीले गाउँमै वा वडामै सुपथ मुल्यमा औषधी खरिद गर्न पाउन भन्ने उद्देश्यले गाउँपालिकामा फार्मेसी सञ्चालन गरिएको हो ।
अहिले सम्म भागेश्वर गाउँपालिका–१ को आधारभुत स्वास्थ्य केन्द्र पनिउट,वडा नं. २ को रुपाल स्वास्थ्यचौकी रुपाल ३ को भागेश्वर स्वास्थ्यचौकी बोगटा र वडा नं.४ को बगरकोट स्वास्थ्य चौकीमा फार्मेसी संचालन गरिएका छन । गाउँपालिकाले आफै औषधी खरिद गरी सुफत मुल्यमा स्थानिय लाई उपलब्ध गराउदै आएको छ । सवै खाले औषिधहरु फार्मेसीमा रहेको र औषधिहरुमा रहेको प्रिन्ट दरमा दश प्रतिशत रकम छुट गरेर बिक्रि गरिदैँ आएको छ । अब वडा नं. ५ मा पनि छिट्टै फार्मेसी सञ्चालन गर्ने तयारी थालिएको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताईन् ।
ग्रामिण वस्तिमै सुपथ मुल्यमा औषधी पाईन थाले पछी स्थानिय लाई सहज भएको छ । औषधी किन्नकै लागी ग्रामिण क्षेत्र वाट जिल्ला सदरमुकाम बागबजार सम्म पुग्नु पर्ने बाध्यता हटेको स्थानियको भनाई छ ।
गाउँमै औषधी पाइने भएपछि स्थानिय खुशी भएका छन् । यस अघि आवश्यक औषधी खरिदका लागि रुपाल वाट एक हजार बढी रुपैया सम्म खर्च गेरर जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेकोे थियो । फार्मेसी स्थापना संगै सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ । स्थानिय स्तरमै फार्मेसी स्थापना भएसंगै खर्चको बचत,गाडी भाडा लगायत अन्य खर्च गर्नु पर्ने बाध्यता हटेको स्थानियको भनाई छ ।
