मन्थलीको खानेपानी प्रणालीलाई व्यवस्थित बनाईने

रामेछाप । रामेछाप जिल्ला सदरमुकाम मन्थलीको खानेपानी वितरण प्रणालीलाई थप व्यवस्थित र भरपर्दो वनाउनका लागि अभियानको रुपमा काम हुने भएको छ ।मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतको अग्रसरतामा बुधबार मन्थलीमा भएको एक कार्यक्रममा मन्थलीमा हाल वितरित खानेपानी प्रणालीमा व्यापक सुधारको आवश्यक भएको र थप पूर्वाधारको काम गर्नुपर्ने निष्कर्षसहित तत्काल कार्य योजना बनाएर काम अघि बढाउने निर्णय भएको हो ।

पॉच बर्ष अघि  सुरु भएको मन्थली खानेपानी सुधार विस्तार योजनामा आवश्यक पूर्वाधारको जोहो हुँदा समेत उक्त योजनाबाट पानी संचालन नभएकोमा सहभागिले आक्रोश पोखेका थिए । उक्त योजनाको ईन्टेक, पाईपलाईन, ट्यांकी र विद्युतिय सामाग्रीको जोहो भइसक्दा पनि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले पानी संचालन गर्न तदारुकता नदेखाएको सहभागिहरुको गुनासो थियो ।

छलफलका क्रममा नयां इन्टेकबाट पानी तानेरमा निर्माण गरेर खाली राखेका २ वटा ट्यांकीमा पानी जम्मा गर्ने र थप लाईन विस्तारको काम संघीय खानेपानी तथा ढल निकाश आयोजनाले तत्काल थाल्ने निर्णय भएको छ । आयोजनाका प्रमुख जगन्नाथ पूर्वेले तत्काल उपभोक्ता समितिसंग सहकार्य गरी उक्त कार्य थाल्ने प्रतिवद्धता बैठकमा गरेका थिए ।

यसैगरी हाल वितरण गरीएका खानेपानीका लाईनमा चुहावट उच्च भएकोले त्यसको सुधार गर्ने, सडकको दाया बाँया लाईन विस्तार गर्ने र छुट भएका क्षेत्रमा समेत पानीको वितरण पु¥याउनका लागि साविकमा भएको सर्बे डिजाईनमा पुनारावलोकन गर्ने समेत निर्णय भएको छ । उक्त कार्य आयोजनाले दोश्रो चरणमा गर्नेछ ।

मन्थली नगरपालिका प्रमुख रमेशकुमार वस्नेतले खानेपानी वितरणका लागि समस्या भइरहेका बेला योजनाका २ वटा टंकी रित्ता रहनु दुर्भाग्य भएको भन्दै अरु काम छोडेर पनि उक्त ट्यांकी सम्म पानी लगेर वितरण गर्नुपर्नेमा जोडदिए । ‘वत्ति नभएको दिन पानीको हाहाकार हुने अवस्था छ ’ बस्नेतको तर्क थियो – पूर्व तयारी तथा जगेडाका लागि पनि हामीले रित्ता रहेका ट्यांकीमा पानी भर्नुपर्छ ।

खानेपानी उपभोक्ता महासंघका अध्यक्ष लेखबहादुर कार्कीले मन्थलीको खानेपानी वितरण प्रभावकारी बनाउनका लागि समितिका अतिरित्त आयोजनाले धेरै काम गर्नुपर्नेमा जोड दिए । उनले करिव ३५ प्रतिशत पानी चुहावट भइरहेकोमा त्यसले व्यवस्थापन खर्च बढाइरहेको वताए । उनले चुहावट नियन्त्रण र थप क्षेत्रमा सेवा विस्तारको आवश्यकता रहेको बताए ।

मन्थली वडा नम्बर १ का अध्यक्ष नारायणदाश श्रेष्ठले मन्थलीको खानेपानी वितरण व्यवस्थित बनाउनका लागि वडा र नगरपालिकाका तर्फबाट सहयोग हुदै आएको र थप गर्नु परेमा तयार रहेको बताए । उनले चाडो भन्दा चाडो योजनालाई भरपर्दो वनाउनका लागि सवैले योगदान गर्नुपर्नेमा जोड दिए ।

समितिले हाल भलुवाजोर, मचवारीको सतही मुल र तामाकोशी किनारबाट लिफ्ट गरेर मन्थली क्षेत्रमा करिव १ हजार धारामा पानी दिदै आएको छ । वत्ति नभएको बेला पानीको वितरण ठप्प हुने गरेको छ । दिन विराएर पानी वितरण गर्दा समेत प्रयाप्त पानी नहुँदा उपभोक्ताहरुलाई समय तालिका निर्धारण गरेर पानी वितरण गर्न कठिनाई झेल्नु परेको समितिले जनाएको छ । समितिले अस्थायी रुपमा पाईप लाईन वितरण गरेकोले त्यसलाई व्यवस्थित गर्नु चुनौति रहेको बैठकमा चर्चा भएको थियो ।

सिफारिस

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले आफ्नो कार्यकालको समयसीमा आफैं तोकेका छन्। मंगलबार मात्रै मन्त्री नियुक्त भएका उनले आफू मन्त्रालयमा...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध लगाइएको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ।सानो पाइला सहकारीको बचत रकम...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि सरकारले विशेष चासो देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)...

भर्खरै

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने

काठमाडौं — सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन...

विशाल भण्डारीलाई सरकारले दियो रेडक्रस हाँक्ने जिम्मा

काठमाडौँ - सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ...

सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री...

धेरै पढिएको