काठमाडौं – काठमाडौं उपत्यकामा थप १३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका १०९५ जना, भक्तपुरका १४३ जना र ललितपुरका १६० जनामा कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा १३०६८ जनाको पिसिआर परिक्षण गरिएको छ।
यस्तै काठमाडौँ उपत्यकामा हिजोपनि १८७८ जनामा कोरोना संक्रमण भएको थियो।
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।
यस्तै नेपालमा थप ३०५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १८५९७४ पुगेको छ।
