काठमाडौँ – नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामै १ हजारले बढेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि बिहिबार छापावाला सुन तोलाको रु ९६ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यसैगरी शुक्रबार चाँदीको मुल्य पनि तोलाको रु ४५ ले बढेर प्रतितोला १२ सय ५५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
