आन्तरिक राजश्व कार्यालय डडेल्धुराद्वारा तीन महिनामा ११ करोड राजश्व सङ्कलन

डम्बर निदाल
डडेल्धुरा -आन्तरिक राजश्व कार्यालय डडेल्धुराले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधीमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । डडेल्धुरा सहित सुदुरपश्चिम प्रदेश अन्तर्गतका महाकाली अञ्चलमा पर्ने बैतडी र दार्चुला जिल्ला पनि कार्य क्षेत्र रहेको आन्तरीक राजस्व कार्यालयले झण्डै ११ करोड राजस्व संकलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय डडेल्धुराले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधीमा झण्डै ११ करोड राजश्व सङ्कलन गरेको हो । चालु आर्थिक वर्षको तिन महिनामा १० करोड ९४ लाख राजश्व सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ । सङ्कलन भएको राजस्व अन्र्तगत आयकर तिन करोड ४६ लाख, अन्तशुल्क ८८ लाख र मुल्य अभिवृद्धी करबाट छ करोड ५९ लाख राजस्व सङ्कलन भएको कर अधिकृत तिलकराज बोगटीले बताए ।

आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षमा ३८ करोड ५२ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको तिन महिनामा सङ्कलन भएको राजस्वले लक्ष्य सहजै प्राप्त गर्ने उनले बताए ।

पछिल्लो समय करदाताहरुमा चेतनाको विकास हुँदै गईरहेकाले राजस्व सङ्कलन लक्ष्य भन्दा बढी हुन थालेको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ । कोरना महामारीको सन्त्रासका कारण आर्थिक वृद्धी दर घटदै गएका बेला सरकारले कर असुलीमा अकल्पनीय सफलता हासिल गर्न थालेको जनाएको छ ।

सिफारिस

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामम्धे तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं - लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा...

धेरै पढिएको