आन्तरिक राजश्व कार्यालय डडेल्धुराद्वारा तीन महिनामा ११ करोड राजश्व सङ्कलन

डम्बर निदाल
डडेल्धुरा -आन्तरिक राजश्व कार्यालय डडेल्धुराले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधीमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । डडेल्धुरा सहित सुदुरपश्चिम प्रदेश अन्तर्गतका महाकाली अञ्चलमा पर्ने बैतडी र दार्चुला जिल्ला पनि कार्य क्षेत्र रहेको आन्तरीक राजस्व कार्यालयले झण्डै ११ करोड राजस्व संकलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय डडेल्धुराले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधीमा झण्डै ११ करोड राजश्व सङ्कलन गरेको हो । चालु आर्थिक वर्षको तिन महिनामा १० करोड ९४ लाख राजश्व सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ । सङ्कलन भएको राजस्व अन्र्तगत आयकर तिन करोड ४६ लाख, अन्तशुल्क ८८ लाख र मुल्य अभिवृद्धी करबाट छ करोड ५९ लाख राजस्व सङ्कलन भएको कर अधिकृत तिलकराज बोगटीले बताए ।

आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षमा ३८ करोड ५२ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको तिन महिनामा सङ्कलन भएको राजस्वले लक्ष्य सहजै प्राप्त गर्ने उनले बताए ।

पछिल्लो समय करदाताहरुमा चेतनाको विकास हुँदै गईरहेकाले राजस्व सङ्कलन लक्ष्य भन्दा बढी हुन थालेको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ । कोरना महामारीको सन्त्रासका कारण आर्थिक वृद्धी दर घटदै गएका बेला सरकारले कर असुलीमा अकल्पनीय सफलता हासिल गर्न थालेको जनाएको छ ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको