काठमाडौं – काठमाडौं उपत्यकामा १५१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८७ पुरुष र ६२५ महिला गरेर २४ घण्टामा उपत्यकामा १५ सय १२ संक्रमित थपिएका हुन्।
काठमाडौं जिल्लामा मात्र होम आइसोलेनमा बस्नेको संख्या ११ हजार ५७० पुगेको छ। ललितपुरमा १८०३ र भक्तपुरमा १७ सय ५० जना होम आइसोलेशनमा छन्।
यस्तै नेपालमा थप २७५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १९१६३६ पुगेको छ।
