आज यी जिल्लाहरुमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउनु मौसमविदको आग्रह

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भागमा यतिबेला वर्षाको सम्भावना देखाएको छ । सोमबार बिहान झापा, मोरङ, सुनसरी, चितवन, पर्सा, गोर्खा, डडेलधुरा, कंचनपुर लगायतका जिल्लाहरुमा र ती जिल्ला आसपासका क्षेत्रहरुमा मेघगर्जन र चट्याङसहित वर्षा भईरहेको छ ।

यसका कारण ती क्षेत्रमा बाढी तथा पहिरोको जोखिमको संभावना रहेकोले सतर्कता अपनाउनुपर्ने देखिएको महाशाखाले जनाएको छ ।

मनसून न्यूनचापिय रेखा नेपालको दक्षिणतिर अवस्थित छ रहेको छ । साथै बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पुर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशााखाले भनेको छ।

सोमबार पूर्वी र मध्य क्षेत्रका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भएको छ । पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

सोमबार बढी खतरा भने पूर्वी र मध्यक्षेत्रमा रहेको छ । निरन्तर वर्षा भएर जमिनले पानी सोसिसकेका कारण अब छोटो अवधिको वर्षाले पनि नदीमा पानीको बहाव बढ्ने भएकोले सचेत रहनु पर्ने निष्कर्ष मौसमविद्हरुको छ ।

काठमाडौं उपत्यकामा पनि विहानैदेखि पानी परिरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

श्रावण ६ गते (सोमबार)
दिउँसो: देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखी पूर्ण बदलि साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रहि पुर्वका र मध्यका धिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। पुर्व तथा मध्यका थोरै साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

राती: देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशको पुर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

श्रावण ७ गते (मंगलबार)

दिउँसो: देशको पुर्वी र मध्य भु-भागमा पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

राती: देशको पुर्वी र मध्य -भागमा सामान्य बदलि देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

श्रावण ८ गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall) साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।

राती: देशभर सामान्य बदलि देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र पश्चिमका केहि स्थानमा साथै मध्यका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । पुर्व र पश्चिमका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको