प्रतिसोध बनेर नपोखियोस्

कविता 

बिहानैबाट सुरु हुने आरन चलाउने काम
मेरो उपासना हो।
त्यो ठाउँ मेरो मन्दिर हो
जहाँ हर दिन म पुजा गर्छु
म आराधना गर्छु।
हो त्यहि आरनले बचाएको छ मेरो परिवार

मलाई यो थाहा छ
यो देशका सयौं जातजातिकाका चुलाहरुमा
मैले बनाएका चुलेसी नाँचीरहेका छन्
मैले कुटेर तयार पारेका भड्डुहरुमा भात पकिरहेका छन्
खेत खलियानमा मैले नै बनाएका कुटो कोदालोहरु हाँसिरहेका छन्
मजदुरहरु हातहातमा देशको भबिष्य साँचिरहेछन्

म भन्छु,
घरघरको चुलो, खेत, बाटो, माटो, जल जमिनदेखि
सत्तासम्म मेरो अ-प्रत्यक्ष उपस्थितिले ,
खै कहाँ के बिग्रियो?
मैले बनाएका औजारहरुले खै कहाँ के बिग्रायो ?
कहाँ के भत्कियो ?
तर गलत प्रयोगलाई त बिचरा म कहाँ रोक्न सक्छु र !
बिहानको झिसमिसेदेखि
रातको न्यानो ओतसम्मको मेरो अ-प्रत्यक्ष उपस्थितिले कहाँ  केे बिग्रिर्यो,
यो समाजको अनि यो राष्ट्रको ?

मेरो रगतको रंग रातै छ किन भनौ ?
र कति भन्ने ?
म र मेरो समाजमा बस्ने अरुको पनि
हाड छाला एउटै हो भनेर कति भन्ने ?
र किन प्रमाणित गरिरहने ?

म अरु जस्तै मान्छे
कसैको घर जाँदा भित्र त छिर्न कहाँ पाउँछु र !
म घरको ढोकाको जस्केलामा टुक्क्रुक बस्छु
अनि त्यहिबाट प्रष्ट देख्छु
तिमी.. मैले बनाएको चुलेसिले तरकारी काटिरहेका हुन्छौ
अँगेनामा ओदान उभिई राखेको देख्छु
अनि देख्छु ओदानमा बसेको मैले नै कुटेर बनाएको भड्डुमा
छड्किराखेक‍ो चामल
अनि टिलपिलाउँछन् अनायास
मेरा आँखामा आँसु।
अनि आँफैलाई प्रश्न गर्छु
के म यो समाजको सदस्य हुँ ?

मलाई, मेरो छोरा, मेरी छोरी अनि श्रीमतीलाई हरपल लाग्छ
यो समाजले पुज्ने भगवान हाम्रो पनि किन हुन सक्दैन ?
यो समाजको हरेक ब्यक्ति छिर्न सक्ने मन्दिर हाम्रो किन बन्न सकेन ?
अझै पनि !
मैले नै बनाएको ढुंगेधाराको पानी
मैले छुँदा कसरी बिटुलो हुन्छ ?
तिमीले फलाएको धान, मकै, फापर, कोदोमा
मेरो पनि पसिना पोखिएको छ ।
तिनै धान, मकै, कोदो
समाजको हर पुजाआजा, बिहेबारी, भोज भतेर
सबैमा चल्छ, पाक्छ
अनि त्यै अन्न खाएर यो सामाज मलाई भन्छ
उ …पर गएर बस ।
हो म अझै पनि उ पर नै बसेको छु
समाज भन्दा अलग – समाज भन्दा भिन्न ।

आज संसारले चन्द्रमामा पहिला टेकि सक्दा पनि ,
म अरुको घरको ढोकाको जस्केला भित्र पनि पाईला टेक्न सक्दिन
स्कुलमा एक्लै बेन्चमा बस्ने मेरो छोरो
बेलुका ओछ्यानमा मलाई प्रश्न गर्छ,
“बा म किन कक्षामा एक्लै बस्नुपर्छ ?”
“किन मलाई स्कुलको क्यान्टिनमा पस्ने अनुमति छैन?”
“स्कुलमा किन म र दिदि मात्रै हुन्छौं खेल्दा ?”
“सरस्वती पुजामा किन सरस्वती मातालाई
फुल चढाउने अनुमति छैन हामीलाई ?”
तरक्क आँशु झर्छ
अनि म अनुत्तरित बन्छु
दिउँ त म के उत्तर दिउँ ?
ए समाज तिमी नै भन्देउ न!
के यसको प्रष्ट उत्तर मेरो छोराले बुझ्ने भाषामा दिन सक्छ यो समाज ?
सबै जात एकै हुन् भनेर पढाउने शिक्षकहरुले निर्धक्क
बिना संकोच, बिना डर समाजको,
के उत्तर दिन सक्छन् मेरा अबोध छोराछोरीका यि प्रश्नहरुको ?

अझैपनि
गाँउका बिहे बटुलोमा अरु सबै
सत्कारमा रमाईलो गफगाफ हाँसि मजाक गरि खाँदै गर्दा
म र मेरो परिवार अलि पर बारीको डिलमा
टुक्रुक्क बसेर टपरामा खाँदै हुन्छ।
अनि त्यतिखेर मेरा छोरा छोरीको
आँखामा देखिने भाव म प्रष्ट पढन सक्छु ।
अनि टिलपिल आँसु बाहेक त्यो भावको संबोधन गर्ने म संग अरु के नै छ र !

अब त हुँदा हुँदा हामीले अरुलाई दिने माया पनि बिटुलो
मन मुटुबाट गरिने माया कसरी बिटुलो हुन्छ ?
के मेरो छोराछोरीले अरुलाई गर्ने मायाँको रंग कालो छ र ?
अनि अरुका छोराछोरीले दिने मायाँ सफेद निख्खर सेतो
कस्तो बिडम्बना,
मेरा छोराछोरीले कसैलाई गर्ने चोखो मायाँमा पनि समाजको डर घोल्नु पर्ने ?

तर कहिलेसम्म यो समय रहला र !
पक्का छ म र मेरो परिवार पनि कुनै दिन
अरु जस्तै समाजको हिस्सा बन्न सक्छ
समग्रमा अरु जस्तै समाजको चोखो मान्छे बन्न सक्छ।
तर त्यो समय आउनु भन्दा अघि
मेरो छोरोले कुनै गलत र निकृष्ट कदम नउठाओस्।
प्रतिसोधको आगो कुनै गलत कदममा नओकलोस्।
कसैलाई हानी नपुर्याओस्
कसैलाई कहिँ नदुखाओस्
उफ !!! भगवान, बिन्ति छ
मेरा छोराछोरीले
प्रतिसोधको ज्वाला नपोखुन्
जसले सामाजिक सद्भाव जलाएर खाग पारोस् ।।।।

भूषण गौतम
सूर्योदय नगरपालिका – ८ , इलाम 

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको