किसानका माग संकलन गर्दै गन्यापधुरा गाउँपालिका

डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा जिल्लाको एक गाउँपालिकाले किसानका माग संकलन गर्ने भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिकाले व्यवसायिक पशुपालन तथा कृषि गरि रहेका किसान बाट माग संकलन गर्ने भएको हो । गाउँपालिकाले कृषि तर्फ आलु, तरकारी, मसला बाली, अमिलो जातका फलफुरु तथा पशुपालन तर्फ गाई, भैंसी, बाख्रा, बंगुर पालनका लागी आवश्यकताका आधारमा माग संकलन गर्ने जनाएको छ ।

कृषि शाखाले शनिबार आयोजना गरेको पकेट विकास कार्यक्रम बाली तथा पकेट क्षेत्र समबन्धि छलफलमा आगामी आर्थिक बर्ष २०७८र२०७९ का लागी किसानहरुका माग संकलन गर्ने निर्णय गरेको छ । गन्यापधुरा गाउँपालिका–४ कैलपालमाण्डौमा आयोजना गरिएको कार्यक्रमले व्यवसायिक रुपमा कृषि, पशुपालन गरिरहेका किसान लाई सहयोग गर्न माग संकलन गरि योजना बनाउने निर्णय भएको कृषि शाखा प्रमुख करन सिंह बुढाऐरले बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नबल बहादुर मल्लले कृषि र पशुपालन तर्फ सबै भन्दा बढी बजेट रहेको बताए । किसान लाई अनुदान वितरण गर्दा कृषि प्राबिधिक र जनप्रतिनिधीहरुको रहोवरमा गरिने उनले बताए ।
गन्यापधुरा गाउँपालिकामा सामुहिक एवं एकल रुपमा फर्म दर्ता गरी ठुलो क्षेत्रफलमा तरकारी खेती र पशुपालन गर्न थालिएकाले यसले उत्पादन बृद्धिका साथै स्थानियका आमदानिका स्रोत बढाउने र व्यवसायिक खेतीपातिले बेरोजगारी कम हुने वडा अध्यक्ष चेतराज भट्टले बताए ।

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको