काठमाडौँ – देशभरको न्यूनतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको छ ।
आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ । यो जाडो सुरू भएयताको कै कम तापक्रम भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.७ डिग्री सेल्सियसमा झरेको छ । अरु ठाउँको न्यूनतम तापक्रम पनि क्रमिकरूपमा घट्दै गएको मौसमविद् विभूती पोखरेलले जानकारी दिइन् ।