काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसमी प्रणाली छैन ।
महाशाखाले हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
यसैगरी, महाशाखाले आज दिउँसो देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
आज राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
