काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज सुन ५ सय रुपैयाँले बढेको हो । आज ९८ हजार २०० सयमा कारोबार भइरहेको छ । आइतबार १ हजारले बढ्दै सुन ९७ हजार ७ सयमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९८ हजार २ सय र तेजाबी सुनको मूल्य ९७ हजार ७०० सय कायम रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार २८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।