यसपालीको तिहारमा भाइमसलाको माग र मूल्य दुवै घट्यो

काठमाडौँ – तिहारको समयमा बर्सेनि माग र मूल्य बढ्ने भाइमसलाको यस वर्ष भने माग र मूल्य दुवै घटेको छ । तिहारको बेला सधैँ महँगो हुने भाइमसलाको मूल्य १० देखि १५ प्रतिशतसम्म घटेको व्यवसायीले बताएका छन् ।

कोरोनाको संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनको कारणले गर्दा स्टक पर्याप्त मात्रामा रहेकाले मूल्य घट्न गएको हो । पुरानै सामान पर्याप्त भएकाले लामो समयसम्म राख्दा बिग्रन सक्ने भन्दै मूल्य घटाएर बिक्री गर्न थालेको व्यवसायीले बताएका छन् । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले यो वर्ष भाइमसलाको मूल्य १० देखि १५ प्रतिशत मूल्य घटेको जानकारी दिए । पुरानो सामान स्टकमा भएकाले व्यवसायीले मूल्य घटाएर बिक्री गर्न थालेको उनको भनाइ छ ।

तिहारमा अत्यधिक खपत हुने भाइमसलाको माग घटेसँगै मूल्यमा पनि कमी आएको व्यवसायीको भनाई छ । न्युरोडको मखनटोलस्थित व्यवसायीले यो वर्ष भाइमसलको कारोबार अघिल्ला वर्ष जस्तो बढ्न नसकेको बताए । “अघिल्ला वर्षमा तिहार सुरु हुनुभन्दा १५ दिन अगाडिदेखि नै कारोबार बढी हुने गरेको थियो,” उनिहरुले भने, “यस वर्ष भने तिहार सुरु हुनु चार दिनमात्र बाँकी भए पनि सामान खरिद गर्ने ग्राहक फाट्टफुट्टमात्र आउने गरेकाले व्यापार बढ्न सकेको छैन ।” अन्य सामान किन्ने ग्राहक आए पनि मसला किन्ने ग्राहक धेरै नआएको उनीहरुको भनाइ छ ।

विगतमा तिहारको समयमा भाइमसलाको बिक्री सामान्य दिनमा भन्दा करीब ५० प्रतिशतसम्मले बढ्ने गरेको भए पनि यस वर्ष विक्री ३० प्रतिशतमात्र जति मात्र रहेको व्यवसायीको भनाइ छ । सामान्य अवस्थामा समेत मसला बढी बिक्री हुने होटेल, रेष्टुराँ, मिठाई उद्योगजस्ता व्यवसाय लामो समयदेखि पूर्ण क्षमतामा बिक्री बढ्न नसकेको व्यवसायीको भनाइ छ ।

संघका अनुसार पेस्ताको खुद्रा मूल्य गत वर्षभन्दा प्रतिकिलो १ सय रुपैयाँ घटेर १ हजार ७ सय रुपैयाँ कायम भएको छ । ओखर प्रतिकिलोमा ५० रुपैयाँ घटेर ६ सय रुपैयाँ कायम भएको छ भने सुकुमेलमा ३ सय रुपैयाँ घटेर पाँच हजार रुपैयाँ कायम छ । नरिवलमा प्रतिकेजीमा ५० रुपैयाँ घटेर ३ सय ८० रुपैयाँ रहेको छ भने बदाम प्रतिकेजी १ सय रुपैयाँ घटेर एक हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, काजुको मूल्य पनि प्रतिकिलो १ हजार ७५० बाट घटेर १ हजार ५५० रुपैयाँ कायम भएको छ । मखानाको खुद्रा मूल्य १ हजार सय रुपैयाँबाट घटेर प्रतिकिलो १ हजार कायम भएको छ । अञ्जीरको मूल्य पनि प्रतिकिलो २ सय रुपैयाँले घटेर २ हजारबाट १ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, अलैंचीमा प्रतिकेजी एक सय रुपैयाँ घटेर १ हजार १०० रुपैयाँ रहेको छ । त्यसैगरी खुर्पानी, दालचिनी, ल्वाङ, सुकुमेल, सुपारीलगायतको मूल्यसमेत घटेको छ ।

काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्यूरोड, खिचापोखरी, कलंकीलगायत स्थानहरूमा किनमेल गर्नेको भीडभाड देखिए पनि भाइमसलाको व्यापार बढ्न नसकेको व्यवसायीको भनाइ छ ।

सिफारिस

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामम्धे तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं - लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा...

धेरै पढिएको