यसपालीको तिहारमा भाइमसलाको माग र मूल्य दुवै घट्यो

काठमाडौँ – तिहारको समयमा बर्सेनि माग र मूल्य बढ्ने भाइमसलाको यस वर्ष भने माग र मूल्य दुवै घटेको छ । तिहारको बेला सधैँ महँगो हुने भाइमसलाको मूल्य १० देखि १५ प्रतिशतसम्म घटेको व्यवसायीले बताएका छन् ।

कोरोनाको संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनको कारणले गर्दा स्टक पर्याप्त मात्रामा रहेकाले मूल्य घट्न गएको हो । पुरानै सामान पर्याप्त भएकाले लामो समयसम्म राख्दा बिग्रन सक्ने भन्दै मूल्य घटाएर बिक्री गर्न थालेको व्यवसायीले बताएका छन् । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले यो वर्ष भाइमसलाको मूल्य १० देखि १५ प्रतिशत मूल्य घटेको जानकारी दिए । पुरानो सामान स्टकमा भएकाले व्यवसायीले मूल्य घटाएर बिक्री गर्न थालेको उनको भनाइ छ ।

तिहारमा अत्यधिक खपत हुने भाइमसलाको माग घटेसँगै मूल्यमा पनि कमी आएको व्यवसायीको भनाई छ । न्युरोडको मखनटोलस्थित व्यवसायीले यो वर्ष भाइमसलको कारोबार अघिल्ला वर्ष जस्तो बढ्न नसकेको बताए । “अघिल्ला वर्षमा तिहार सुरु हुनुभन्दा १५ दिन अगाडिदेखि नै कारोबार बढी हुने गरेको थियो,” उनिहरुले भने, “यस वर्ष भने तिहार सुरु हुनु चार दिनमात्र बाँकी भए पनि सामान खरिद गर्ने ग्राहक फाट्टफुट्टमात्र आउने गरेकाले व्यापार बढ्न सकेको छैन ।” अन्य सामान किन्ने ग्राहक आए पनि मसला किन्ने ग्राहक धेरै नआएको उनीहरुको भनाइ छ ।

विगतमा तिहारको समयमा भाइमसलाको बिक्री सामान्य दिनमा भन्दा करीब ५० प्रतिशतसम्मले बढ्ने गरेको भए पनि यस वर्ष विक्री ३० प्रतिशतमात्र जति मात्र रहेको व्यवसायीको भनाइ छ । सामान्य अवस्थामा समेत मसला बढी बिक्री हुने होटेल, रेष्टुराँ, मिठाई उद्योगजस्ता व्यवसाय लामो समयदेखि पूर्ण क्षमतामा बिक्री बढ्न नसकेको व्यवसायीको भनाइ छ ।

संघका अनुसार पेस्ताको खुद्रा मूल्य गत वर्षभन्दा प्रतिकिलो १ सय रुपैयाँ घटेर १ हजार ७ सय रुपैयाँ कायम भएको छ । ओखर प्रतिकिलोमा ५० रुपैयाँ घटेर ६ सय रुपैयाँ कायम भएको छ भने सुकुमेलमा ३ सय रुपैयाँ घटेर पाँच हजार रुपैयाँ कायम छ । नरिवलमा प्रतिकेजीमा ५० रुपैयाँ घटेर ३ सय ८० रुपैयाँ रहेको छ भने बदाम प्रतिकेजी १ सय रुपैयाँ घटेर एक हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, काजुको मूल्य पनि प्रतिकिलो १ हजार ७५० बाट घटेर १ हजार ५५० रुपैयाँ कायम भएको छ । मखानाको खुद्रा मूल्य १ हजार सय रुपैयाँबाट घटेर प्रतिकिलो १ हजार कायम भएको छ । अञ्जीरको मूल्य पनि प्रतिकिलो २ सय रुपैयाँले घटेर २ हजारबाट १ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, अलैंचीमा प्रतिकेजी एक सय रुपैयाँ घटेर १ हजार १०० रुपैयाँ रहेको छ । त्यसैगरी खुर्पानी, दालचिनी, ल्वाङ, सुकुमेल, सुपारीलगायतको मूल्यसमेत घटेको छ ।

काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्यूरोड, खिचापोखरी, कलंकीलगायत स्थानहरूमा किनमेल गर्नेको भीडभाड देखिए पनि भाइमसलाको व्यापार बढ्न नसकेको व्यवसायीको भनाइ छ ।

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको