डम्बर निदाल
डडेल्धुरा – चौबिस घण्टा नपुग्दै दुई जनाको ज्यान लिएको चितुवा लाई स्थानियले मारेका छन । सोमबार बेलुकी नै स्थानियले घेरा हाली चितुवा लाई मारेका हुन । सोमबार दिउँसो अढाई बजेतिर चितुवाले आक्रमण गर्दा बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षिय माया महताको मृत्यु भएको थियो ।
चितुवाले मायाको शवलाई नछोडेपछि गाउँबाट गएका स्थानीयहरुले सोमवार साँझ ५ बजेतिर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा मारेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउँदले जानकारी दिए । चितुवा मार्ने क्रममा तीन चार जना समान्य घाइते भएका समेत उनले बताए । मायाको शवलाई चितुवाले नछोडेपछि घाँस काट्न गएका महिलाहरुले स्थानीयहरुलाई बोलाएका थिए ।
सोमबार घाँस काट्न सीमा क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका १ मर्मागाड पुगेकी किशोरीको सोमबार दिउँसो अढाई बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो भने आइतबार डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो ।
चितुवाले मृतकलाई खाई रहेको अवस्थामा स्थानिय ५०÷६० जना व्यक्तिहरूले चितुवालाई भगाउन खोज्दा चितुवाले केही स्थानिय व्यक्तिहरूलाई आक्रमण गरी घाईते बनाएको र चितुवाको आक्रमणबाट बच्न स्थानिय व्यक्तिहरूले प्रतिकार गर्दा चितुवाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । साथै घाईतेहरूको अनुहार, शरिरको बिभिन्न भागमा चोट लागेकोले उक्त स्थानमा प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक राजेन्द्र बहादुर चन्दको कमाण्डमा ६ जनाको प्रहरी टोली र प्रहरी चौकी रुपालबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटी गएको प्रहरी टोलीले तत्कालै घाईतेहरुलाई उद्धार गरी उपचारको लागी तत्काल रुपाल स्वास्थ्य चौकी पठाएको र थप उपचारको लागी डडेल्धूरा अस्पताल पठाएको जानकारी दिए ।
मृतक माया कुमारी महताको घटनास्थल तथा शव जाँच प्रकृती मुचुल्का समाप्त पश्चात पोष्टमार्टमको लागी डडेल्धुरा अस्पताल डडेल्धुरामा राखीएको छ भने मृत चितुवा घटनास्थलमा नै रहेको र डिभिजन बन कार्यालयको टोली घटनास्थल पुगी लास जाँच मुचुल्का कार्य गरी रहेको, साथै अन्य अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।