डडेल्धुरामा दुई जनाको ज्यान लिने चितुवालाई स्थानीयले मारीदिए

डम्बर निदाल
डडेल्धुरा – चौबिस घण्टा नपुग्दै दुई जनाको ज्यान लिएको चितुवा लाई स्थानियले मारेका छन । सोमबार बेलुकी नै स्थानियले घेरा हाली चितुवा लाई मारेका हुन । सोमबार दिउँसो अढाई बजेतिर चितुवाले आक्रमण गर्दा बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षिय माया महताको मृत्यु भएको थियो ।

चितुवाले मायाको शवलाई नछोडेपछि गाउँबाट गएका स्थानीयहरुले सोमवार साँझ ५ बजेतिर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा मारेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउँदले जानकारी दिए । चितुवा मार्ने क्रममा तीन चार जना समान्य घाइते भएका समेत उनले बताए । मायाको शवलाई चितुवाले नछोडेपछि घाँस काट्न गएका महिलाहरुले स्थानीयहरुलाई बोलाएका थिए ।

सोमबार घाँस काट्न सीमा क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका १ मर्मागाड पुगेकी किशोरीको सोमबार दिउँसो अढाई बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो भने आइतबार डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो ।

चितुवाले मृतकलाई खाई रहेको अवस्थामा स्थानिय ५०÷६० जना व्यक्तिहरूले चितुवालाई भगाउन खोज्दा चितुवाले केही स्थानिय व्यक्तिहरूलाई आक्रमण गरी घाईते बनाएको र चितुवाको आक्रमणबाट बच्न स्थानिय व्यक्तिहरूले प्रतिकार गर्दा चितुवाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । साथै घाईतेहरूको अनुहार, शरिरको बिभिन्न भागमा चोट लागेकोले उक्त स्थानमा प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक राजेन्द्र बहादुर चन्दको कमाण्डमा ६ जनाको प्रहरी टोली र प्रहरी चौकी रुपालबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटी गएको प्रहरी टोलीले तत्कालै घाईतेहरुलाई उद्धार गरी उपचारको लागी तत्काल रुपाल स्वास्थ्य चौकी पठाएको र थप उपचारको लागी डडेल्धूरा अस्पताल पठाएको जानकारी दिए ।

मृतक माया कुमारी महताको घटनास्थल तथा शव जाँच प्रकृती मुचुल्का समाप्त पश्चात पोष्टमार्टमको लागी डडेल्धुरा अस्पताल डडेल्धुरामा राखीएको छ भने मृत चितुवा घटनास्थलमा नै रहेको र डिभिजन बन कार्यालयको टोली घटनास्थल पुगी लास जाँच मुचुल्का कार्य गरी रहेको, साथै अन्य अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

सिफारिस

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

धेरै पढिएको