काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । मंगलबार दिउँसो ४ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ छत्रदेउराली केन्द्र रहेर भूकम्प गएको जानकारी दिएको छ।
केन्द्रका प्राविधिकका अनुसार ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ।
