डम्बर निदाल
डडेल्धुरा -जिल्ला सदरमुकाम नजिकै अमरगढी नगरपालिका–७ मा रहेको डडेल्धुरा जिल्लाकै सवैभन्दा अग्लो डाँडा कस्या टाकुरीलाई पर्यटन प्रवद्र्धनका लागि निर्माणकार्य शुरु गरीएको छ । कस्या टाकुरो लाई पर्यटन,प्रवद्धन बिकासका लागी बनाउन थालिएको हो । कस्या टाकुरो लाई प्राचिन, धार्मिक तथा ऐतिहांसिक डाँडाको रुपमा लिईन्छ । बर्षाैदेखि धार्मिक एवं प्राकृतिक दृष्यावलोकनका लागी डडेल्धुराकै सबै भन्दा अग्लो डाँडा मध्येको एक कस्या टाकुरो लाई मानिन्छ ।
डडेल्धुरा जिल्ला सदरमुकामदेखि १२ किलो मिटर उत्तर तर्फ महाकाली राजमार्गसंगै जोडिएको कस्या टाकुरालाई धार्मिक एवं दृष्यावलोकन र बनभोज स्थलका रुपमा बिकसित गर्न थालिएको हो । अहिले डाँडाको टुप्पोमा रेलिङ्ग लगाउने, सडक छेउमा गेट बनाउने र सिढि बनाउने काम गर्न लागिएको अमरगढी नगरपालिका वडा नं. ७ का अध्यक्ष खडक बोहराले बताए ।
कस्या टाकुरोबाट डडेल्धुरा सदमुकाम अमरगढी नगरपालिका क्षेत्र, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउँपालिकाको अधिकांस भु भागको दृश्यावलोकन गर्न सकिन्छ भने महाभारत पर्वत श्रृंखला लगायत डोटी, अछाम, बैतडी र भारतको भु भाग पनि अवलोकन गर्न सकिने भएको हुँदा अमरगढी नगरपालिकाले उक्त टाकुरीमा पर्यटन पुर्वाधारका संरचना निर्माण गर्ने काम अगाडी बढाइएको छ ।
कस्या टाकुरा समुद्री सतह देखि ६ हजार ५ सय फिट भन्दा बढी उचाईमा रहेको अड्कल गरिएको छ । सदरमुकाममा रहेको अमरगढी किल्लाको उचाई समुद्रि सतह देखि ६ हजार ५ फिट मात्रै रहेको छ भने कस्या टाकुरा माथीबाट अमरगढी किल्ला लगायत अन्य थुप्रै स्थानको दृष्य देखिने भएकोले यो भन्दा बढि नै उचाई भएको मान्न सकिन्छ । कस्या टाकुरा माथी भ्यू टावर निर्माण गरी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन सके आर्थिक लाभ लिन सकिने स्थानियको भनाई छ । प्राचिन कालमा कस्या टाकुरोमा राज कोट नै रहेको स्थानिय बुढापाकाहरुको भनाई छ । डडेल्धुरामा जिवित २५ सय बर्ष पुराना धार्मिक तथा ऐतिहासिक स्थानका रुपमा अजयमेरु कोट, उग्रतारा मन्दिर आदिलाई लिईने गरेको छ ।
टाकुरीसम्म पुग्ने पैदल मार्ग,टाकुरीमा मन्दिर निर्माण, र विभिन्न क्षेत्रहरुको दृश्य हेर्नका लागि दुरबिन राखीने, साथै वनभोज स्थलका रुपमा विकास गर्ने गरि विभिन्न संरचना निर्माणको काम अगाडी बढाईनेछ । टाकुरीसम्म पुग्ने पैदल मार्गका विचबिचमा पर्यटकहरुका लागि विश्रामस्थल र कस्या टाकुरीमा पुग्ने पर्यटकहरुको सुरक्षाका लागि टाकुरीको चारैतिरबाट रेलिङ्ग लगाउने काम भैरहेको छ । टाकुरी उत्खन्न गर्दा प्राचिनकालिन ओखल(धान कुट्न बनाईएको ढुङ्गा),मन्दिरको घण्टी लगाएतका सामाग्रीहरु भेटिएका छन् । उक्त टाकुरीमा करीव २५ वर्ष अघिसम्म ढुङ्गाको मन्दिर रहेको थियो र केही खाना पकाउने भाडाँ कुँडाहरु समेत रहेका स्थानिय बताउछन ।
अमरगढी नगरपालिका वडा नं.७ मा रहेको अग्लो डाँडामा परापुर्वकालमा राजा हरि शाहीको दरबार रहेको र हालको नवदुर्गा गाउपालिका ४ बेलापुरको खुनी बस्ने केशे बिष्टले राजाका भारद्धारहरुसंग झगडा गर्दा राजा हरि शाहीका भारद्धारहरुले केसे विष्टको हत्या गरेको ठाँउ भएकोले यसलाई पछि कस्या टाकुरी नामाकरण गरिएको स्थानीय बताउछन् ।
कस्या टाकुरी पर्यटकिय सम्भावना बोकेको ठाँउ भएकाले अमरगढी नगरपालिकाले ७२ लाख रुपैयाको बोलपत्र आह्वान गरि काम शुरु गरेको अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद ओझाले बताए ।
