काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। बिहिबार प्रतितोला २०० रुपैयाँले घटेर ९४ हजार ७ सयमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन ९४ हजार ९ सयमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९४२०० मा कारोबार भएको छ।
आज चाँदीको मूल्य १२ सय २० रुपैयाँ कायम छ।
