काठमाडौं – काठमाडौं उपत्यकामा थप ८०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ६३२ जना, भक्तपुरका ४२ जना र ललितपुरका १३३ जनामा कोरोना संक्रमण देखिएको हो।
यस्तै काठमाडौँ उपत्यकामा हिजोपनि १२०७ जनामा कोरोना संक्रमण भएको थियो।
यस्तै नेपालमा थप १४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २०९७७६ पुगेको छ।
