हङकङमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा ७ जना नेपालीको मृत्यु भएको छ।
हङकङका स्थानीय मिडियाहरूले दिएको जानकारी अनुसार ४ पुरुष र ३ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा ९ देखि ४० वर्षका रहेका छन्। १३ जना घाइते रहेको हङकङ फ्री प्रेसले जनाएको छ ।
यसैगरी अन्य दुई जनाको समेत अवस्था गम्भीर रहेको जनाइएको छ।
अधिकारीहरूका अनुसार क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगलागी जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट भएको समाचारमा जनाइएको छ ।
