अम्बिका गुरुङ
– तछाड मछाड गर्दै
जिन्दगीको खुटकिलोहरु
उक्लिदै छ
मनको भण्डारमा साँचिएका शब्दहरु
कवितामा उतार्छु
अनि फाटेको मनहरुलाई गीतमा पोख्छु
ह्स्व र दीर्घको ज्ञान छैन मलाइ
मनको भावानाहरु मात्र पोखेको हुँ
कति शब्दहरुको त अर्थ पनि नहोला
मेरो लेखेका शब्दहरु
चारैकोणबाट गहिरिएर मात्र पढ्नु होला .
अनि तपाइले पढ्दा
आफ्नो कलमले छाँटेर सुधार्नु होला
आफैले लेखेका शब्दहरु नियालेर हेर्छु,
आफै तर केहि आकृति देख्छु म
एउटा कविता को
एउटा गीत को
हेर्दा हेर्दा कहिले मेरा आँखाका पर्दाहरु
बन्द हुन्छन बन्द आँखा भित्र पत्र-पत्र,
पल्टाएर केलाएर हेर्छु गहिरेर हेर्छु
शब्द र भावनाको सतहीमै तैरिन्दै तैरिन्दै जान्छु