काठमाडौँबाहेक सबै अदालतबाट रविका अरू मुद्दा फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग काठमाडौँबाहेकका सबै जिल्लामा फिर्ता लिइएको छ। सोमबार रुपन्देही जिल्ला अदालतले समेत अभियोग फिर्ता लिन आदेश दिएको हो। न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत् राखेर अन्य मुद्दा फिर्ता लिन आदेश गरेको हो।

यो आदेशसँगै रविसँगै अन्य प्रतिवादीहरू जीबी राई, कुमार रम्तेललगायतविरुद्ध लगाइएका सहकारी ठगीबाहेकका अभियोग फिर्ता भएका छन्। यसअघि पर्सा र कास्की अदालतले समेत संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको थियो। कास्की अदालतमा दायर सम्पत्ति शुद्धीकरणको मुद्दा पनि फिर्ता लिइएको थियो।

न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम वादी नेपाल सरकारको तर्फबाट दायर भएको उक्त संशोधन निवेदन मनासिब देखिएको ठहर गर्दै आदेश जारी गरेको हो।

यो आदेशसँगै मूल मुद्दाको रूपमा रहेको सहकारी ठगीको अभियोगलाई यथावत राख्दै थपिएका अन्य दुई गम्भीर अभियोगहरूमा कानुनी रूपमै संशोधन र परिमार्जन गर्ने बाटो खुलेको छ।

अदालतका अनुसार महान्यायाधिवक्ताको कार्यालयको पूर्वटिप्पणी र त्रुटि संशोधन आदेशका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र संशोधनका लागि अदालतमा निवेदन दिएको थियो।

उक्त निवेदनमाथिको बहसमा उच्च सरकारी वकिल कार्यालय बुटवलका सह-न्यायाधिवक्ता सन्देश श्रेष्ठ, जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रकाश मरासिनी र सहायक जिल्ला न्यायाधिवक्ता सुनिल लामिछानेले सरकारको पक्षबाट तर्क राखेका थिए भने प्रतिवादी रवि लामिछानेको तर्फबाटअधिवक्ता महेन्द्र पाण्डेले बहस गरेका थिए। दुवै पक्षको बहस र लिखित बहसनोट समेतको अध्ययन गरी अदालतले अभियोगपत्रमा रहेका दाबीहरू परिमार्जन गर्न अनुमति दिएको हो।

अदालतको यस आदेशले मूल सहकारी ठगीको अभियोग दाबीलाई कायमै राख्दै थप अभियोगका रूपमा पेस भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणतर्फको अभियोग दाबीको हकमा मात्र संशोधन हुने स्पष्ट पारेको छ।

आदेशमा उल्लेख भए अनुसार पीडित बचतकर्ताहरूको रकम फिर्ता पाउने मार्गलाई प्रशस्त गर्न र भविष्यमा कानुनी रूपमै मिलापत्र समेत हुन सक्ने अवस्थालाई ध्यानमा राखेर वादी नेपाल सरकार आफैंले यो प्रक्रियागत संशोधनको माग गरेको हो। यस्ता प्रकृतिका मुद्दामा पीडितहरूको हित संरक्षण गर्ने प्रमुख दायित्व राज्यकै हुने भएकाले सरकारले अभियोग संशोधनको माग गर्नु कानुनसम्मत र न्यायोचित देखिएको ठहर इजलासले गरेको छ।

यस निर्णयसँगै अब विद्युतीय प्रणाली र अदालती मिसिलमा समेत मुद्दाको नाम र अभियोगको दाबी सोही संशोधन आदेश बमोजिम परिमार्जन हुनेछ। यो आदेश पूर्ण रूपमा अभियोग फिर्ता नभएर प्राविधिक एवं कानुनी रूपमा अभियोगको दाबीलाई संशोधन गर्ने उद्देश्यले आएकाले यसले पीडितहरूको फसेको रकम फिर्ता गराउने र कानुनी रूपमा अगाडि बढ्ने प्रक्रियालाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ।

 

सिफारिस

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, ट्राफिक प्रवाहको विश्लेषण...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धेरै पढिएको