सभामुख प्रवेश गर्दा यी दुई मन्त्री नउठेपछि…

काठमाडौं — प्रतिनिधि सभा बैठकमा सभामुख प्रवेश गर्दा दुई मन्त्रीले सम्मान प्रकट नगरेको भन्दै संसदमा प्रश्न उठेको छ। मंगलबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर ले नियमापत्ति जनाउँदै सदनको गरिमा र मर्यादामाथि प्रश्न उठाएका हुन्।

प्रतिनिधि सभा नियमावली २०८३ को नियम २० को खण्ड ‘क’ अनुसार सभामुख बैठक कक्षमा प्रवेश गर्दा उपस्थित सदस्यहरूले उठेर सम्मान व्यक्त गर्नुपर्ने व्यवस्था छ। तर बैठक सुरु हुने क्रममा दुई मन्त्री आफ्नो आसनमै बसेको भन्दै महरले सभामुखको ध्यानाकर्षण गराएका थिए।

बैठकमा सहभागी सांसदहरूका अनुसार अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सभामुख बैठक कक्षमा प्रवेश गर्दा उठेका थिएनन्।

नियमापत्ति गर्दै महरले भने, ‘सदनको गरिमा कायम राख्ने हामी सबैको अनिवार्य जिम्मेवारी र दायित्व हो। मर्यादा पालना गर्नेमा सबै जिम्मेवार बन्नुपर्छ। सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबै सदस्यले उठेर सम्मान गर्नुपर्छ भन्ने विषय नियमावलीमा उल्लेख छ। अघि बैठक सुरु गर्दै गर्दा दुई मन्त्रीले सम्मान गर्नुभएको छैन। यसले हामीलाई चिन्तित बनाएको छ।’ उनले भिडियो रेकर्ड जाँच गरी आवश्यक रूलिङ गर्न पनि आग्रह गरेका थिए।

यद्यपि सभामुख डीपी अर्यालले उक्त विषयमा तत्काल कुनै रूलिङ गरिनन्।

सिफारिस

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, ट्राफिक प्रवाहको विश्लेषण...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धेरै पढिएको