प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट पुस ११ गतेदेखि काठमाडौंमा गर्ने तयारी

काठमाडौं – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अर्को महिना हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले पुरुष क्रिकेट प्रतियोगिता पुस ११ गतेदेखि काठमाडौंमा गर्ने गरी तयारी सुरु गरिसकेको छ ।

पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि क्यानले खेलाडी छनोट गर्न जिल्ला क्रिकेट संघ र प्रादेशिक क्रिकेट संघलाई पत्राचार गरेको छ । प्रतियोगिताको लागि मंसिर २१ गतेभित्र जिल्ला टिम छनोट गरी प्रादेशिक क्रिकेट संघ र क्यानमा जानकारी गराउन क्यानले भनेको छ ।

यस्तै क्यानले जिल्ला टिम छनोट गर्नका लागि विभिन्न ६ वटा बुँदा तय गरेको छ । जिल्ला टिम तयारीका लागि क्यानले जिल्लालाई २० हजार नगद र एक दर्जन बल उपलब्ध गराउने जनाएको छ । यस्तै संघको पूर्वकार्यक्रम अनुसार यसअघि नै छनोट भइसकेका जिल्ला टिमलाई भने निरन्तरता दिने वा नदिने जिल्ला संघको हुने पनि क्यानले जनाएको छ ।

टिम छनोट गर्दा विवाद रहित तरिकाले निष्पक्ष छनोट गर्ने जिम्मेवारी जिल्ला संघको हुने क्यानले जनाएको छ । कोरोना महामारीका बेला हुन लागेको प्रतियोगिता/छनोट/क्याम्प सम्बन्धी जिल्ला स्थानीय तहबाट स्विकृती लिने जिम्मेवारी जिल्ला संघको हुनेछ ।

यस्तै प्रधानमन्त्री कप प्रादेशिक प्रतियोगिता २०७७ पुस ७ गतेसम्म सम्पन्न गर्नुपर्ने भनिएको छ । त्यसका लागि सम्बन्धित प्रादेशिक क्रिकेट संघसँग समन्वय गर्न जिल्ला संघलाई भनिएको छ ।

जिल्ला टिम छनौटको बिल भर्पाइ सहितको प्रतिबेदन संघमा पेश भएपछि मात्र अनुदान रकम निकासा गरिने क्यानले बताएको छ ।

राष्ट्रिय पुरुष टिमले गत मार्थमा थाइल्याण्डमा एसिसी इस्टर्न रिजन टी-२० खेलेपछि कुनै प्रतियोगिता खेलेको छैन । कोरोना महामारीले गर्दा झण्डै ९ महिना मैदान बाहिर रहेको राष्ट्रिय क्रिकेट टिमले यही मंसिर ११ देखि बन्द प्रशिक्षण सुरु गरेको छ ।

 

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको