अष्ट्रेलियाविरुद्ध पहिलो टि–२० मा भारतको मध्यम लक्ष्य

भारतले पहिलो टि-२० खेलमा अष्ट्रेलियालाई १ सय ६२ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनायो ।

भारतलाई मध्यम योगफलसम्म पुर्याउन तल्लोक्रममा रविन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ गरे । जडेजाले २३ बलमा ५ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहे । ओपनर लोकेश राहुलले ४० बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५१ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

भारतले ११ रन जोड्दा ओपनर शिखर धवनलाई ब्यक्तिगत एक रनमा गुमाएको थियो । तीव्र गतिका बलर मिचेल स्टार्कले तेसो ओभरको पाँचौ बलमा धवनलाई एक रनमा बोल्ड आउट गर्दै अष्ट्रेलियालाई पहिलो सफलता दिलाए । सातौं ओभरको चौथो बलमा स्पिनर मिचेल स्वेपसनले आफैं क्याच लिँदै कप्तान विराट कोहलीलाई ९ रनमा पेभिलिएन फर्काएपछि भारत दबाबमा परेको थियो ।

१३ औं ओभरको चौथो बलमा स्पिनर स्पिनर एडम जाम्पाको एक्स्ट्रा बाउन्स बलमा टप एज लागेर थर्डम्यानमा जोश हेजलवुडबाट क्याच भएपछि भारत समस्यामा परेको थियो । १४ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका राहुल लङअनमा सन एबटबाट क्याच आउट भएपछि भारत ९२–५ को कमजोर अवस्थामा पुगेको थियो ।

हेनरिक्सकको १७ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने क्रममा हार्दिक पान्ड्या लङअफमा स्टिभ स्मिथबाट १६ रनमा समातिएपछि भारतको ठूलो योगफलको सम्भावना सकिएको थियो । हार्दिकले १५ बलमा १ छक्का प्रहार गरे ।

अष्ट्रेलिया मध्यगतिका बलर हेनरिक्स मोइसेसले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । स्पिनर एडम जाम्पाले ४ ओभरमा २० रन खर्चिदै एक विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । मिचेल स्विपसनले एक विकेट लिए ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको