नेमार र एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शानदार जित

काठमाडौं – युरोपियन च्याम्पियन्स लिगमा ब्राजिलियन स्टार नेमारले ह्याट्रिक गरेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ ।

अघिल्लो दिन रंगभेदी दुर्व्यवहारका कारण बिचमै स्थगित भएपछि गएराति फेरि खेलाइएको खेलमा पीएसजीले टर्किस क्लब इस्तानबुल बासाकसेयरलाई ५-१ ले पराजित गरेको हो ।

पीएसजीका लागि नेमारले ह्याट्रिक गर्दा बाँकी दुई गोल किलएन एमबाप्पेले गरे । घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा नेमारले १औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३८औं मिनेटमा नेमारले नै गोल गर्दै अग्रता दोब्बर पारे । ४० औं मिनेटमा पीएसजीका मिचेल बाकेरले गोल गरेपनि त्यसले मान्यता पाएन । तर ४२औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमै ३-० को अग्रता दिलाए ।

दोस्रो हाफमा पीएसजीले दुई गोल थप्यो । ५०औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै नेमारले ह्याट्रिक पूरा गरे ।

स्तानबुलका लागि ५७ मिनेटमा मेहमेत टोपालले एक गोल फर्काएका थिए । ६२औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजीले शानदार जित हासिल गरेको हो ।

जितपछि १२ अंक जोड्दै पीएसजी समूह एचको समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा बासाकसेयरका सहायक प्रशिक्षक पिएरे वेबोलाई म्याचको फोर्थ अफिसियलले रंगभेदी व्यवहार गरेपछि खेल स्थगित भएको थियो र दुवै टिमका खेलाडीहरु मैदानबाट बाहिरिएका थिए । त्यसपछि युईएफएले यसबारे अनुसन्धान गर्ने र खेल फेरि सुरु गराउने बताएको थियो ।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको