काठमाडौँ – सोमबार स्थानीय बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । आइतबार स्थिर रहेको सुनको भाउ सोमबार भने तोलामा एक सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार हिजो प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज ९२ हजार ४०० रुपैयाँ पर्नेछ ।
सोही परिमाणको तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार हुनेछ ।
यता, चाँदीको भाउ भने आज पनि स्थिर देखिएको छ । आज चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
