काठमाडौँ – बुधबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार छापावाला सुन तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ६५० नै कायम रहेको छ ।
त्यसैगरी बुधबार चाँदीको मुल्य भने बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाले बढेर १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
