आईसीसीद्वारा एकदिवसीय खेलतालिका सार्वजनिक, नेपालको खेल कुन टोलीसंग कहिले छ ?

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका र ओमानसँग एकदिवसीय सिरिज खेल्ने भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत दोस्रो सिरिजमा नेपालले ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने भएको हो । नेपालले सन् २०२१ को मार्चमा ओमान र अमेरिकासँग खेल्ने एकदिवसीय सिरिजको खेल तालिकाका आईसीसीले सार्वजनिक गरेको छ ।

कोरोना माहामारीको कारण स्थगित भएको क्रिकेट विश्वकप लिग २ पुनः सुचारू हुन लागेको हो । नयाँ तालिकाअनुसार नेपालले मार्च १९ देखी २८ सम्म ओमानमा ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने पक्का भएको हो ।

खेलहरु सन् २०२१, २०२२ र २०२३ को सुरुवातमा समापन हुने गरि १४ सिरिजमा बिभाजन गरिएको छ । नेपालले सन् २०२१ जुलाईमा स्कटल्यान्डमा नामिबियासँग सिरिज खेल्ने छ । त्यसपछि नेपालले सन् २०२२ को फेब्रुअरीमा पीएनजी र यूएईसँग खेल्ने छ । सन् २०२२ को जुलाईमा नेपाल अमेरिकासँग खेल्नेछ । त्यहाँ ओमान र नेपालको सिरिज हुनेछ ।

सन् २०२२ को सेप्टेम्बर २२ देखि अक्टोबर २ सम्म पीएनजीमा नेपालले खेल्नेछ । जहाँ यूएईसमेत सहभागी हुनेछ । नेपालले घरेलु मैदानमा सन् २०२३ मा नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ । डिभिजन लिग २ अन्तर्गत अन्तिम सिरिजमा नेपालले सन् २०२३ को फेब्रुअरीमा युएईमा, पीएनजी र युएईसँग खेल्नेछ ।

सिफारिस

जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषि देव फुयाँल निर्वाचित

काठमाडौं — जिल्ला समन्वय समिति महासंघ नेपालको छैटौँ राष्ट्रिय परिषद् बैठकबाट नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि...

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

भर्खरै

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

धेरै पढिएको