वामदेवलाई ओलीको उपहार, प्रचण्ड पनि सहमत

काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय उदार बन्दै गएका छन् । आलोचकलाई फकाउने रणनीतिमा ओली रहेको पाइएको छ ।

उदार बन्ने क्रममा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपचुनाव लड्न प्रस्ताव गरेका छन् ।

यसअघि गौतम आफैले चाहना राखेर विभिन्न जिल्लाबाट उपचुनाव लड्ने इच्छा राखेपनि ओली बादक बनेका थिए । यसरी बामदेवलाई ओली प्रस्ताव गरेको पहिलो पटक हो ।

बालुवाटार स्रोतका अनुसार केही दिन अगाडि बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेता गौतमलाई रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्की निर्वाचन क्षेत्रबाट चुनाव लडन् प्रस्ताव गरेका हुन् ।

‘पार्टीले जिताउने पूरै कोशिष गर्छ । र, त्यो सम्भव पनि छ,’ प्रधानमन्त्री ओलीले गौतमलाई भनेको भनाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘तपाईं कास्कीबाट चुुनाव लड्नुस् ।’

तर, प्रधानमन्त्री ओलीको प्रस्तावमा गौतमले अन्तिम निर्णय नदिइसकेको स्रोतको भनाई छ । ‘पार्टी र रवीन्द्र अधिकारीको परिवारका सदस्यले निर्णय गरे मात्रै चुनाव लड्न सकिने मनस्थितिमा उँहा भएको देखिन्छ । तर हुन्छ, म चुनाव लडुछु, भन्ने उहाँको निर्णय आएको छैन,’ प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो ।

यस अघि नेता गौतम काठमाडौं, डोल्पा, प्युठानलगायतका जिल्लाबाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । तर, पाटीभित्र सहमति जुटन नसक्दा उपचुनाव लड्ने उनको चाहना अधुरै रहेको थियो । विगतमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नै गौमतलाई चुनाव लड्न रोकेको आंशका पनि गरिएको थियो । तर, ती आंशका चिर्दै प्रधानमन्त्री ओलीले अहिले आफै नै नेता गौमतलाई चुनाव लड्न प्रस्ताव गरेका छन् ।

यता अर्को अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पहिलादेखि नै बामदेवलाई जसरीपनि संसदमा ल्याउनुपर्छ भन्दै लविङ गर्दै आइरहेका थिए । आगमी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको