प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च सरकारले नबेहोर्ने भएको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीसहित उनीसँगका गएकाहरूको जहाजको टिकट खर्चमात्र सरकारले व्यहोर्ने बताए ।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ जना सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here