काठमाडौँ – नेपाल खेलकुद मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस विधामा महिला राष्ट्रिय भलिबल टोलीकी क्याप्टेन अरुणा शाहीले अवार्ड जितेकी छिन्।

उनले मण्डेकाजी श्रेष्ठलाई पछि पार्दै पिपल्स च्वाइस अवार्ड हात पारेकी हुन्।

यो अवार्ड विधाको मनोनयनमा अरुणा शाही (भलिबल), गौरिका सिंह (पौडी), मण्डेकाजी श्रेष्ठ (कराते), साबित्रा भण्डारी साम्बा (फुटबल), सदिना श्रेष्ठ (बास्केटबल) परेका थिए।

भोटिङको आधारमा शाहीले सर्वाधिक भोट ल्याउँदै अवार्ड जितेकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here