के छ आयुर्वेदको कथा ?

आयुर्वेद विश्वकै प्राचिन चिकित्साशास्त्र हो । यसको प्रयोगको विषयमा विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ । यो अथर्ववेदको उपवेद हो ।

आयुर्वेद इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडि विकास भएको मानिन्छ । मानव स्वास्थ्य शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्छ भने रोग तिन प्रकारका दोषहरु : वात, पित्त र कफ को असन्तुलनको कारणले हुने विश्वास आयुर्वेदमा छ । स्वास्थ्य र रोगबारे आयुर्वेदको अवधारणाहरूले जडीबुटी मिश्रण, विशेष आहार र अन्य अद्वितीय स्वास्थ्य पद्धतिहरू जस्तै योग, पञ्चकर्म, क्षारसूत्रको प्रवर्तन गर्दछ ।

आयुर्वेदका भगवान धनवन्तरी हुन । समुन्द्र मन्थनको समयमा धनवन्तरी अमृत, संख, चक्र र जडीबुटीका साथ प्रकट भएका थिए । कात्तिक कृष्ण त्रयोदशीका दिन धनवन्तरि जयन्ती मनाउने गरिन्छ । तर यसको ज्ञानको सुरुवात भने ब्रह्माबाट भएको हो । ब्रह्माको यो ज्ञान दक्ष प्रजापतिबाट अश्वनी कुमारहरु हँुदै भगवान इन्द्रसम्म पुगेको कुरा धार्मिक ग्रन्थमा उल्लेख छ । सुश्रुत संहिता अनुसार भने भगवान इन्द्रले आफुले प्राप्त गरेको आयुर्वेदको ज्ञान धनवन्तरीलाई प्रदान गरे । धनवन्तरीले यो ज्ञान आफ्ना ७ जना शिष्य – औषधेनव, वैतरण, उरभ, गोपूररक्षित्, पौषकलावत, करविर्य र सुश्रुतलाई प्रदान गरे । कश्यप संहिता अनुसार इन्द्रमार्फत यो ज्ञान कश्यप, वशिष्ठ, भृगु, अत्रिलाई प्राप्त भयो । चरक, सुश्रुत, वागभटले आयुर्वेदलाई अथर्ववेदको उपवेद रूपमा मानेका छन भने कश्यपले यसलाई छुट्टै वेदका रूपमा परिभाषित गरेका छन ।

नेपाल, भारत, श्रीलङ्का लगायतका दक्षिण एसियाली मुलुकहरूमा आयुर्वेदको प्रयोग निकै नै बढी छ । हाल विश्वभरी नै आयुर्वेद वैकल्पिक उपचार पद्धतिको रूपमा प्रख्यात हुँदै आइरहेको छ ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको