दक्षिण अफ्रिकी ब्याट्सम्यान हसिम अमलाद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

दक्षिण अफ्रिकी ब्याट्सम्यान हसिम अमलाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। अप्रत्यासित रुपमा उनले सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिने निर्णय गरेका छन्।

“प्रथमत प्रोतिजको यात्राको लागि भगवानलाई धन्यवाद दिन चाहन्छु जुन खुसिले भरिपूर्ण थियो।” अमलाले स्टेटमेन्टमा बताएका छन् “यो अवधिमा मैले धेरै पाठहरु सिकेको छु , धेरै साथीहरु बनाएको छु र सबैभन्दा महत्वपूर्ण प्रोटि फायरसंग माया र भातृत्व बाँड्ने मौका पाए”

 

JUST IN: Hashim Amla, one of South Africa’s greatest-ever batsmen, has retired from international cricket. pic.twitter.com/yB3rRLSqHX

— ICC (@ICC) August 8, 2019

१५ वर्ष लामो करियरमा अमलाले ३४९ अन्तर्राष्ट्रिय खेलहरु खेले। ३६ वर्षीय अमलाले १८ हजार भन्दा बढी अन्तर्राष्ट्रिय रन बनाए जसमा ५५ वटा शतक सामेल छ।

“म मेरो परिवारलाई साथ र प्रार्थनाको लागि धन्यवाद दिन चाहन्छु। उनीहरुकै छत्रछायाँले गर्दा यतिका वर्ष खेल्न सकेको छु” उनले बताए।

“मेरो परिवार, साथीहरु, एजेन्ट, मेरो टिम मेट, सम्पूर्ण टिमका सदस्यहरु, सपोर्ट स्टाफहरु सबैलाई हृदय देखि आभार व्यक्त गर्न चाहन्छु। फ्यानहरुले जसले मलाई कठिन समयमा उर्जा दिएका छन् र सफलतामा म संगै खुसि मनाएका छन्।”

“र पक्का पनि विशेष धन्यवाद क्रिकेट साउथ अफ्रीकाका अध्यक्ष र बोर्डलाई , चिज एक्जुकेटिभ थबांग मोरोएलाई। म सबै अवसरहरुको लागि धन्य छु।”

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको