बै‌ंक हुन् कि ‘नयाँ सामन्त’ ? यसरी डुबाइन्छ ऋणीलाई

काठमाडौं – बैंकबाट ऋण लिनेहरु आर्थिक कठिनाइमा परिरहने तर बैंकको भौतिक समृद्धि भने बढिरहने उदाहरणले संस्थागत संरचनाका साथ ऋण लगानी गर्ने संस्थालाई आम नागरिक ‘नयाँ सामन्त’ को सज्ञा दिइरहेका छन् । कतिपय वित्तीय संस्थाका व्यवस्थापक तथा कर्मचारीको ऋणी तथा सेवाग्राहीमाथिको व्यवहार पनि ‘अमानवीय’ छ । बैंकको अनावश्यक दबाबका कारण ऋणीहरुले आत्महत्यासम्म गरेका उदाहरण छन् ।

‘ऋणको प्रस्तावनापत्रमा ११ प्रतिशत व्याजमा ऋण प्रवाह गर्ने प्रावधान हुन्छ, तर सानो ‘क्लज’ का आधारमा ६ महिनामा १३ र एक वर्षमा १७ प्रतिशत व्याज पुर्याइसकेको हुन्छ, न निल्नु न ओकल्नु’ ऋणीहरु बताउछन् ।

वित्तीय संस्थाका सेवाग्राहीहरुका अनुसार सबारीसाधन, घर निर्माण आदिमा धरौटी जेथाको मूल्यमा ४० देखि ५० प्रतिशतसम्म मात्र ऋण प्रदान गरिन्छ । साथमा ऋणीको आय पनि हेरिन्छ । तिर्नसक्ने क्षमता हेरेर मात्र ऋण प्रदान गरिन्छ । बैंकको दृष्टिले यसलाई स्वाभाविकै मान्नुपर्छ तर ११ प्रतिशतबाट बढेर १७ प्रतिशत व्याज हुनासाथ ऋण तिर्नसक्ने अवस्था रहन्न, ऋणी मानसिक तनाबमा पर्छ, किस्ता र व्याज तिर्न क्रूर दबाबको शैली अपनाइन्छ, यही कारणले कति ऋणीहरु आत्महत्या गर्नपुग्छन् ।

बैंकलाई यस प्रकारको व्यवहार ज्यादतीपूर्ण र अमानवीय हो भन्ने थाहा नभएको होइन, तर उसलाई राष्ट्र बैंकले नै नीतिगत संरक्षण दिएको हुन्छ । यस बेला सेवाग्राही निरीह बन्नपुग्छन् । यस्तो तनाबका कारण जसले आत्महत्या गर्छ, उसको त जीवन सकियो नै, आफूलाई भौतिक रुपमा समाप्त पार्न नसक्नेहरु मानसिक तनाबमा यसरी फस्छन् कि जीवनलाई नै नर्क बनाउँछन् । घरको मूली व्यक्ति तनाबमा परेका कारण घरपरिवार नै अस्तव्यस्त हुन्छ । याे समाचार आजकाे नेपाल समाचारपत्रमा छ ।

सिफारिस

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको काखमा बसेको यो सहर न त केवल आँखाको आनन्दका लागि उपयुक्त छ, न...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

धेरै पढिएको