बै‌ंक हुन् कि ‘नयाँ सामन्त’ ? यसरी डुबाइन्छ ऋणीलाई

काठमाडौं – बैंकबाट ऋण लिनेहरु आर्थिक कठिनाइमा परिरहने तर बैंकको भौतिक समृद्धि भने बढिरहने उदाहरणले संस्थागत संरचनाका साथ ऋण लगानी गर्ने संस्थालाई आम नागरिक ‘नयाँ सामन्त’ को सज्ञा दिइरहेका छन् । कतिपय वित्तीय संस्थाका व्यवस्थापक तथा कर्मचारीको ऋणी तथा सेवाग्राहीमाथिको व्यवहार पनि ‘अमानवीय’ छ । बैंकको अनावश्यक दबाबका कारण ऋणीहरुले आत्महत्यासम्म गरेका उदाहरण छन् ।

‘ऋणको प्रस्तावनापत्रमा ११ प्रतिशत व्याजमा ऋण प्रवाह गर्ने प्रावधान हुन्छ, तर सानो ‘क्लज’ का आधारमा ६ महिनामा १३ र एक वर्षमा १७ प्रतिशत व्याज पुर्याइसकेको हुन्छ, न निल्नु न ओकल्नु’ ऋणीहरु बताउछन् ।

वित्तीय संस्थाका सेवाग्राहीहरुका अनुसार सबारीसाधन, घर निर्माण आदिमा धरौटी जेथाको मूल्यमा ४० देखि ५० प्रतिशतसम्म मात्र ऋण प्रदान गरिन्छ । साथमा ऋणीको आय पनि हेरिन्छ । तिर्नसक्ने क्षमता हेरेर मात्र ऋण प्रदान गरिन्छ । बैंकको दृष्टिले यसलाई स्वाभाविकै मान्नुपर्छ तर ११ प्रतिशतबाट बढेर १७ प्रतिशत व्याज हुनासाथ ऋण तिर्नसक्ने अवस्था रहन्न, ऋणी मानसिक तनाबमा पर्छ, किस्ता र व्याज तिर्न क्रूर दबाबको शैली अपनाइन्छ, यही कारणले कति ऋणीहरु आत्महत्या गर्नपुग्छन् ।

बैंकलाई यस प्रकारको व्यवहार ज्यादतीपूर्ण र अमानवीय हो भन्ने थाहा नभएको होइन, तर उसलाई राष्ट्र बैंकले नै नीतिगत संरक्षण दिएको हुन्छ । यस बेला सेवाग्राही निरीह बन्नपुग्छन् । यस्तो तनाबका कारण जसले आत्महत्या गर्छ, उसको त जीवन सकियो नै, आफूलाई भौतिक रुपमा समाप्त पार्न नसक्नेहरु मानसिक तनाबमा यसरी फस्छन् कि जीवनलाई नै नर्क बनाउँछन् । घरको मूली व्यक्ति तनाबमा परेका कारण घरपरिवार नै अस्तव्यस्त हुन्छ । याे समाचार आजकाे नेपाल समाचारपत्रमा छ ।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको