यस्ता अत्याधुनिक हतियार किन्दै नेपाल प्रहरी

काठमाडौं – नेपाल प्रहरीले आवश्यक हतियार खरिद गर्ने भएको छ । उसले हतियार खरिदका लागि २३ साउनमा टेण्डरका लागि सूचना निकालेको हो । टेण्डर हाल्न चाहनेले हतियार उत्पादक कम्पनिको वृस्तृत विवरण र एजेन्टको विवरण दिनुपर्नेछ ।

प्रहरीले खरिद गर्न लागेको हतियार र त्यसको मापदण्ड प्रहरी प्रधान कार्यालयमा प्राप्त गर्न सकिने उल्लेख छ । उसले केही बन्दोबन्दीका सामाग्रीसहितका हतियार खरिद गर्न लागेको बुझिएको छ । प्रहरी स्रोतका अनुसार गोलीगठ्ठा र केही बन्दोबस्तीका सामाग्री खरिदका लागि टेण्डर आव्हान गरिएको हो ।

प्रहरीले सुरक्षा, रणनीति र प्रतिरक्षा सामाग्री आपूर्ति प्रक्रिया २०७५ मा उल्लेख भएअनुसार ती सामाग्रीहरुको समूह क र ख निर्धारण गरी हतियार खरिदको सूचना प्रकाशित गरेको जनाएको छ । सुरक्षा, रणनीति र प्रतिरक्षा सामाग्री आपूर्ति प्रक्रिया २०७५ को समूह क मा मोर्टार, बन्दुक, एलएमजी, जीपीएमजी, बम, रकेट लन्चर र यसको हतियार, ट्यांक, जहाज र हेलिकोप्टर, मिसाइललगायत पर्दछन् । समूह ख मा नाइट भिजन उपकरण, रबरको गोली, ग्याँस गन, टियर ग्याँस सेल, रेडियोसेटलगायत पर्दछन् । तीमध्येबाट केही हतियार खरिद गर्न लागिएको बुझिएको छ ।

सिफारिस

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ :छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र...

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU)...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

धेरै पढिएको