के होला आगामी ३ दिनको मौसम ?

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षीणतिर रहेको जनाएको छ । महशाखाले मनसुनको उक्त न्यून चापीय रेखा विस्तारै माथि सरेर औसत स्थानमा आउने संभावना रहेको उल्लेख गरेको छ ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै महाशाखाले त्यस अवधिमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसैले मेघ गर्जन र चट्याङबाट बँच्नका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै देशको पश्चिमी पहाडी र पूर्वी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै चुरेबाट बहने नदिमा पानिको बहाव आकस्मिक वृद्धि हुनसक्ने भएकाले सतर्क रहन पनि महाशाखाको अनुरोध छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दै महाशाखाले मंगलबार दिउँसो देशभर वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै मध्य तथा पूर्वी पहाडी भू-भागका एक/दुई स्थान साथै पश्चिमी तराईको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार राति देशभर वदली हुने तथा पूर्व, मध्य र पश्चिमका केही स्थानमा वर्षाको सम्भावना छ । यसका साथै पूर्वि तराईका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो धेरैजसो स्थानमा आंशिकदेखि सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुनेछ । पहाडी भू/भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबार राति देशका धेरैजसो स्थानमा वदली रही केही स्थानमा वर्षा हुनेछ । पूर्व तथा पश्चिमी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबार दिउँसो देशका धेरैजसो स्थानमा वदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुनेछ । पहाडी भू–भाग तथा तराईका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बिहीबार राति धेरैजसो स्थानमा वदली रही केही स्थानमा वर्षा हुनेछ । पूर्वी तथा पश्चिमी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सिफारिस

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको काखमा बसेको यो सहर न त केवल आँखाको आनन्दका लागि उपयुक्त छ, न...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

धेरै पढिएको