के होला आगामी ३ दिनको मौसम ?

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षीणतिर रहेको जनाएको छ । महशाखाले मनसुनको उक्त न्यून चापीय रेखा विस्तारै माथि सरेर औसत स्थानमा आउने संभावना रहेको उल्लेख गरेको छ ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै महाशाखाले त्यस अवधिमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसैले मेघ गर्जन र चट्याङबाट बँच्नका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै देशको पश्चिमी पहाडी र पूर्वी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै चुरेबाट बहने नदिमा पानिको बहाव आकस्मिक वृद्धि हुनसक्ने भएकाले सतर्क रहन पनि महाशाखाको अनुरोध छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दै महाशाखाले मंगलबार दिउँसो देशभर वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै मध्य तथा पूर्वी पहाडी भू-भागका एक/दुई स्थान साथै पश्चिमी तराईको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार राति देशभर वदली हुने तथा पूर्व, मध्य र पश्चिमका केही स्थानमा वर्षाको सम्भावना छ । यसका साथै पूर्वि तराईका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो धेरैजसो स्थानमा आंशिकदेखि सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुनेछ । पहाडी भू/भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबार राति देशका धेरैजसो स्थानमा वदली रही केही स्थानमा वर्षा हुनेछ । पूर्व तथा पश्चिमी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबार दिउँसो देशका धेरैजसो स्थानमा वदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुनेछ । पहाडी भू–भाग तथा तराईका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बिहीबार राति धेरैजसो स्थानमा वदली रही केही स्थानमा वर्षा हुनेछ । पूर्वी तथा पश्चिमी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सिफारिस

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

भर्खरै

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

धेरै पढिएको