न्युरोडमा आगलागी हुँदा २३ पसल जले

पोखरा – पोखराको न्युरोडस्थित एस मिनी मार्केटमा मंगलबार दिउँसो आगलागी हुँदा २३ वटा पसलका सबै सामान जलेका छन् ।

२३ वटा पसल रहेको मिनीमार्केटका सबै सटरमा आगलागीले पूर्ण क्षति पुगेको प्रहरी निरीक्षक गणेश सुवेदी जानकारी दिए ।

मिनीमार्केटमा इलेक्ट्रोनिक, फलफूल, फर्निचर तथा फोम (म्याट) पसल थिए । स्थानीय अन्तिम पौडेलका अनुसार मिनीमार्केटमा १० वटा सटरमा फोमको मात्रै व्यवसाय गरिएको थियो ।

दिउँसो करिब ४ बजेतिर भएको आगलागी १० मिनेटमा सबै पसलमा फैलिएको थियो । आगलागी भएको करिब १५ मिनेटपछि पोखरा महानगरपालिकाको दमकल पुगेको थियो । महानगरको ३ वटा दमकल प्रयोग गरेर २ घन्टामा आगो नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

आगलागीबाट भएको क्षतिको मुल्यांकन भइरहेको प्रहरीले बताएको छ ।

आगलागी सुरु भएको भनिएको शुभ युनिफर्म होम डेकोरेसनका कर्मचारीले भने घटना भएको समयमा सटर बन्द गरेर बाहिर आइसकेको दाबी गरेका छन् ।

‘सटर बन्द गरेर हामी बाहिर गइसकेका थियौं,’ त्यहाँ कार्यरत एक कर्मचारीले भने, ‘सटर बन्द भएको करिब १५ मिनेटपछि मात्रै आगो लागेको थाहा भयो ।’ मार्केेटको बीच भागबाट आगो लाग्न सुरु भएकाले चाँडै सबैतिर फैलिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको