काठमाडौँ – साताको पहिलो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ ।
शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ ।
चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ ।
