आफ्नो असफलताको लागि महिलाको चरित्रमाथि प्रश्न उठाउनु तुच्छता हो

फेस्बुकको न्युज फिड हेर्दै थिएँ, अचानक एउटा स्टेटसमा मेरा आँखा टक्क अडियो! एक जना दाईले लेख्नु भएको थियो, “एउटा स्याउ खस्यो न्युटनले ग्राभिटी खोजे! तर हरेक दिन मानिसको लागि मानिस नै गिरेको गिरै छ तर कसैले खोजेन!“ अनि अलि तल सरे एउटा दिदीले लेख्नुभएको थियो, “आइ एम सिक अफ दिस पेट्रिआरकल सोसाइटी!“ थोरै तल झरे अनि देखे बडो अचम्मको एउटा कुरा, एकजना पुरुष राजनितिज्ञको चरित्रमाथि लाल्छ्न लगाएको सूचना!

दक्षिण एसियामा महिलाको राजनीतिमा सबैभन्दा बढी सहभागिता भएको देश हो नेपाल र यो सहभगिता सम्भव बनाउनको लागि थुप्रै संघर्षहरु भएका छन् । महिलाहरु आफुलाई विस्तारै व्यक्त गरे त्यसबाट हाम्रो समाजको महिला प्रतिको तुच्छ सोच छर्लङ्ग देखिन्छ।

हो ती महिला एक कलाकार हुन्, कलाकार राष्ट्रिका गहना हुन् । यसरी कुनै एउटा कलाकारलाई उसको कलाको लागि गाली बेइज्जत गर्नु भनेको सम्पूर्ण कला जगतलाई लाल्छन लगाउनु हो, सारा कलाकर बन्धुहरुको चरीत्र औंलाउनु हो र यो गर्ने अधिकार राज्यले न नगरिकलाई दिएको छ न राज्य व्यवस्थापन गर्नेहरुलाई! अनि आर्को कुरा राजनीतिमा लाग्नु कुनै पनि मानिसको अधिकारको कुरा हो, कसैले पनि यो कुरामा हस्तक्षेप गर्ने पाउदैन।

नयाँ नेपालको कल्पना गर्ने मानिसहरुले मलाई जवाफ दिनुहोस् ! समृद्ध नेपालको कल्पना गर्ने सरकारले मलाई जवाफ देउ के राजनितीमा नयाँ मान्छे प्रवेश गर्न पाउँदैनन् ? कि एउटा स्वाधिन महिलाले देशको सेवा गर्न मनाही छ? के देशको सेवा गर्न इच्छुकले कलाकारीता क्षेत्रमा लग्नु हुदैन? के कलाकार सङ असल नेतृत्व गर्न सक्ने क्षमता हुदैन? के राजनीति गर्ने व्यक्तीले जीवनभर एकै किसिमको पहिरन पहिरिनु पर्छ? यस्ता नियमहरुको उल्लेख कता गरिएको छ? बताइदिनु पर्यो कम्रेड!

सर्वसाधारणको अगाडी त्यस्तो गहन आत्मविश्वासका साथ एउटा असल र सक्षम नारीको चरित्र हत्या गर्न सक्ने मानिसले एक्लै केकस्ता वचन प्रयोग गर्छ होला ? सोच्न बाध्य छौँ।

कार्यस्थलमा उत्पीडित हुनुपर्ने महिला! बाटोमा हिड्दा कसैले जिस्काए पनि मुख फर्काएर हिड्नुपर्ने महिलाले! अँध्यारो हुनासाथ एक्लै हिड्न डराउनुपर्ने महिलाले ! अनि पछि चरित्र हत्या गर्ने पनि महिलाको ! अब भन्नुहोला उजुर गर्नुहोस् तर काम/विद्यालय निस्किएकी महिला बाटो भरीका त्यस्ता मनिसहरुलाई उजुरी गर्दै हिड्न सम्भव छ ?

जबसम्म महिला घरमा बस्छन् , घरको काम गर्छन् तबसम्म उनिहरु पवित्र हुन्छन् तर जब तिनै महिला आफ्नो खुट्टामा उभिन खोज्छन् अनि पहिल पवित्रको ट्याग लगाइदिने समाजले उसको चरीत्रमा कलङ्कको ट्याग लगाइदिन सुरु गर्छ ।
८–९ वर्ष कक्षा कोठामा टेबल र कुर्सी उठाउन “बलियो केटाहरू” बोलाउने शिक्षकले भरिएका विद्यालयमा पढेर हुर्कीएका हौँ हामी। महिनावारी हुनु भनेको नराम्रो हो, फोहोरी हुनु हो र महिनावारी हुदाँ प्रयोग गरिने सामानमा १३% लक्जरी ट्याक्स तिर्ने सामान्य ठान्ने समाजमा खेल्दै रमाउदै हुर्कीएका हौँ हामी।

राम्रो परिवारमा विवाह गराउन पढाउने र केटि भन्दा कमाउने हुनुपर्छ भन्ने सोच भएका बुबाआमासंग सिक्दै बढेका हौं हामी! त्यो गलत हो र भनेर सोध्नुहोला ! आफ्नो छोरीलाई डाक्टर बनाउने नसोच्ने तर ज्वाइँ डाक्टर भैदिए हुन्थ्यो भन्ने सोच गलत नै हो।

नारीका शरीरमा हस्तक्षेप भइरहदा पनि न्यायलय पावर र पैसाले नसुन्ने र नदेख्ने भएको छ ! पिङ्क ट्याक्स अनि महिनावारी हुँदा प्रयोग गरिने वस्तुहरुमा लक्जरी ट्याक्स अनि लगाउने सरकारको अधिनमा रहि जीवन निर्वाह गरिरहेका छौं । अब सोध्नु होला ट्यक्स लगाउदा पनि आपत पर्यो? ए हजुर महिलाले पुरुषले भन्दा ३०% कम तलब कमाउछ्न अनि कन्डम र औषधिमा स्वास्थको लागि छुट दिएको छ अनि महिनावारी हुनु महिलाको प्रजनन स्वास्थसंग सम्बन्धित छ। अनि नेपालको संविधान २०७२ को धारा ३८ (२) मा महिलाहरुको सुरक्षित मातृत्व र प्रजनन स्वास्थको अधिकार समावेश गर्नु तर व्यवहारमा नउतार्नु गलत नै हो।

आफ्नो हरण हुदा पनि पवित्रताको प्रमाण देखाउन आगोमा जेल्ने हाम्रो समाज पहिले पनि त्यस्तै थियो, अनि अहिले पनि त्यस्तै छ! अब मलाई पूर्ण विश्वास भयो कि आत्मा कहिल्यै मर्दैन, ती आगोमा जेलिन बाध्य बनाउने आत्मा अझै पनि त्यही गर्दैछन् ।

ए सरकार मलाई जवाफ चाहियो! यदि महिलाले दबिएर बस्नुपर्ने हो भने, समानता र समताको अधिकार किन लेखियो संविधानमा? अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुको औचित्य नै कहाँ रह्यो त अरुदिन महिलालाई सम्मान नगर्ने हो भने !
महिलाको शरीरमा नितान्त उसको मात्र अधिकार हुन्छ भन्ने कुरा बुझ्न त्यस्तो गाह्रो छ र ?

कम्रेड सक्नुहुन्छ सम्मान गर्नुहोस् , सक्नुहुन्न नबोल्नुहोस् तर गाली बेइज्जती गर्ने न तपाईंलाई संविधानले दिन्छ , न हामी चुप बस्छौं! आफ्नो असलता ढाकछोप गर्न एउटा महिलाको चरीत्र माथी प्रश्न गर्नु तुच्छता हो! महिलाको शरीरमा राखिदिनु भएको इज्जत कृपया आफ्नै शरीर तिर सार्नुहोला कम्रेड !

सिफारिस

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानका फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी आज काठमाडौंको...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको सम्मान गर्दै विराटनगर...

भर्खरै

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

धेरै पढिएको