काठमाडौँ – देशभर पछिल्लो २४ घण्टामा ३३९ जना संक्रमित थपिएका छन् । ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । जसमध्ये पीसीआरबाट २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकाका रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा १३२, भक्तपुरमा ५, ललितपुरमा २६ गरी जम्मा १६३ जनामा कोरना संक्रमण भएको छ  । पछिल्लो २४ घण्टामा ७४ जना डिस्चार्ज भएका छन्।

हाल देशभर २ हजार २०१ सक्रिय संक्रमित रहेका छन् । यसमध्ये संस्थागत आइसोलेसनमा ७६० र होम आइसोलेसनमा १ हजार ७४१ जना रहेका छन् । ६५ क्वारेन्टिनमा रहेका छन् भने ६५ जना आइसीयू र १३ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here