काठमाडौं – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३७औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको Billing तथा Report को अनलाईन सुविधा लिन सकिने Patient Portal को उद्घाटन गर्नुभयो । साथै उहाँले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको २ करोड रुपैयाँको थैली अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंहलाई हस्तान्तरण समेत गरे । अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७७’ र Nepal Medical Journal को समेत लोकार्पण गरे ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको सेवा प्रवाहमा अविश्मरणीय योगदान गर्दै २५ वर्ष अनवरत सेवा गर्नुहुने प्रहरी कर्मचारीहरुलाई कदरपत्र प्रदान गरे । साथै भिजिटिङ कन्सल्टेन्टहरु प्रा।डा। रोहित कुमार पोखरेल र डा। रबिन बहादुर बस्नेत तथा अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्याउने महानगरीय सशस्त्र प्रहरी गण महाराजगंज र संघ संस्थालाई प्रशंसापत्र एवम् कार्य सम्पादन र सेवा प्रवाहको आधारमा उत्कृष्ट बिभाग अन्तर्गत प्याथोलोजी विभागलाई शिल्ड तथा प्रशंसापत्र समेत प्रदान गरे।
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्व महानिरीक्षकहरुले निर्वाह गरेको योगदानको प्रशंसा गरे । साथै कोभिड-१९ बाट संक्रमण भएका प्रहरी कर्मचारीहरुलाई सामान्य जिवनमा फर्काउनका निम्ति नेपाल प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय भएको बताउँदै आगामी दिनमा समेत थप सतकर्ता र लगनशील भएर काम गर्न नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीको स्वभाव भनेकै नागरिक प्रहरी भएको बताउँदै उहाँले भन्नुभयो, ‘नागरिक प्रहरीको मर्म भनेकै नागरिकको बिचमा गएर गर्ने सेवा हो ।’ साथै नेपाल प्रहरी अस्पतालबाट शुभारम्भ भएका नयाँ सेवाहरु कार्यान्यवयनमा सदैव निरन्तर र दिर्घकालीन हुनुपर्ने उल्लेख गर्दै नेपाल प्रहरी अस्पतालको सहयोगका लागि प्रहरी प्रधान कार्यालय प्रतिवद्ध रहेको बताए ।
सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष सिर्जना थापाले अस्पतालमा रहेका बेडहरुको लागि ३० थान कम्बल अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंहलाई हस्तान्तरण गरे ।
समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंहले धन्यवाद ज्ञापन व्यक्त गर्दै अस्पताललाई समयनाकुल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नविनतम् प्रविधि र पद्दतिलाई अंगिकार गरी स्वस्थ वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न सदैव प्रयासरत रहेको बताए । हाल सर्वसाधरण नागरिकलाई समेत स्वास्थ्य उपचार सेवा प्रदान गर्ने कार्य भइरहेकोले यस अस्पताललाई रिफरल सेन्टरको रुपमा विकसित गर्दै लाने कार्यमा यस अस्पताल सदा प्रयत्नरत रहेको तथा गुणस्तरीय सेवा उपलब्ध गराउन नेपाल प्रहरी अस्पताल सदैव कटिवद्ध रहेको समेत उहाँले उल्लेख गरे।
